भरतपुर, चैत ९।
भरतपुरमा युवाहरुको सक्रियता र रोजगारीको अवसरको उचित मुल्यांकन गर्ने उदेश्यका साथ युथ क्रियशन नामक संस्था स्थापना भएको छ।
नयाँ सोच र बिचारका साथ “सफलता संग-सगै” भन्ने मुल नारा का साथ स्थापना भएको संस्था युथ क्रियशन को आज चैत ९ गते राष्ट्रिय युवा संघ नेपाल का केन्द्रिय सचिवालय सदस्य तथा युवा परिषद चितवन का संस्थापक अध्यक्ष अस्मिन घिमिरे द्वार उद्घाटन भएको हो।
Advertisement
संस्थाले युवाहरु को जोस, जांगर र सिपको उचित मुल्यांकन गर्दै रोजगारी का साथसाथै विभिन्न सामान हरु खरिद बिक्री , बिज्ञापन सम्बन्धि सम्पुर्ण काम साथै सूचना-प्राविधिका सम्पुर्ण काम गर्ने छ।
विभिन्न बिधाका अनुभवी काम र कामदार खोजे र रोजे अनुसार प्रधान गरिने संस्थाका संस्थापक राम प्रसाद ढकाल र प्रशान्त सुवेदीले जानकारी दिनुभयो।

