• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, भदौ ३०, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • १०. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

भरतपुरको पुलचोक-गोन्द्राङ छ लेन सडकः ३४ प्रतिशत काम सकियो


चैत्र ०९, चितवन ।मुलुकमा सञ्चालन भइरहेका विकास निर्माणका काममा सुस्तता भइरहेको अवस्थामा छ लेनमा विस्तार भइरहेको पुलचोक–गोन्द्राङ सडकमा भने आशलाग्दो प्रगति देखिएको छ । भरतपुर महानगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर–हेटौँडा खण्डको सो सडकको काम अहिले ३४ प्रतिशत सकिएको छ ।

Advertisement

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालकाअनुसार विभिन्न कारणले सडक विस्तारमा समस्या आएको भए पनि ३४ प्रतिशतभन्दा बढी प्रगति देखिएको हो । “अहिलेसम्म ३७ प्रतिशत प्रगति देखिनुपर्ने हो, तर ३४ प्रतिशत भनेको नराम्रो प्रगति होइन”, उहाँले भन्नुभयो, “कोभिड–१९, मनसुनमा अत्यधिक वर्षा, ढुङ्गा, गिट्टी, बालुवालगायत निर्माण सामग्री अभावका कारण काम थोरै भएको हो ।”

Advertisement

चालु आर्थिक वर्षभित्रमा सडकको ७० प्रतिशत काम सक्ने लक्ष्यका साथ निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको उहाँले बताउनुभयो । सडक विस्तारको काम विसं २०७७ कात्तिक ११ गतेदेखि काम सुरु भएको थियो । आगामी वर्षको फागुन ११ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने गरी इन्डो सगुन जेभीसँग सम्झौता गरिएको सडक विस्तारको काम ६६ प्रतिशत बाँकी छ । भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा अत्यधिक सवारी चापका साथै दुर्घटनासमेत बढ्न थालेकाले सहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी ६.०८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको हो ।

नारायणगढ बजारको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गलाई विस्तार गरी छ लेन बनाउने काम सरु भएको हो । छ लेनमा विस्तार भइरहेको नारायणगढ बुटवल सडकअन्तर्गतको एक खण्डका रूपमा पुल्चोक–गोन्द्राङ सडकखण्डलाई पनि विस्तार गर्न लागिएको हो । जम्मा २८ महिनाभित्र विस्तार गर्नुपर्ने सडकको लागत रु एक अर्ब १२ करोड छ ।

सडक निर्माण सुरु भएपछि हालसम्म करिब रु २६ करोड खर्च भएको सूचना अधिकारी खनालले जानकारी दिनुभयो । “अहिले सडक विस्ताका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री डम्पिङ गरिएको छ”, खनालले भन्नुभयो, “गिट्टी कुटेर रेडी छ, अलकत्रा रेडी छ, प्लान्ट रेडी छ, अब पिचको काम सुरु भयो भने एक दिनमा एक प्रतिशत प्रगति हुन्छ ।” आसन्न निर्वाचनले प्रभाव नपारेको अवस्थामा लक्ष्य अगाडि नै सडक निर्माण सम्पन्न हुने खनालले बताउनुभयो ।

टिकौली जङ्गल छेउ गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनलचोकसम्म अहिले दुई लेन रहेको सडक केन्द्रीय बस टर्मिनलदेखि रिजालचोकसम्म चार लेन छ । यो सडकमा अहिले चौबिसकोठी, भरतपुर आरोलो र बजार क्षेत्रमा चार लेन छ । दुई लेन भएको स्थानमा थप चार लेन र चार लेन भएको स्थानमा थप दुई लेन थपिने खनालले जानकारी दिनुभयो ।

विद्युत्का खम्बा सार्न र खानेपानीको पाइप सार्न नै मूल समस्या भएकाले प्राधिकरणसँग समन्वय गरिरहेको इन्जिनियर खनालको भनाइ छ । ठेक्कामा नै खम्बा सार्न लाग्ने खर्चसमेत समावेश गरिएको छ । ठेकेदार पक्षले तोकिएको समयअघि नै काम सक्ने बताएको छ । पचास मिटर चौडाइ रहने छ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउन्ड गर्ने योजना छ । सडकको दायाँबायाँ ११.५/११.५ मिटरको कालोपत्र हुनेछ । त्यसको बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ । त्यसभन्दा पर तीनदेखि चार मिटरको फुटपाथ हुने खनालले बताउनुभयो । बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरक फरक रहेको छ ।

सूचना अधिकारी खनालका अनुसार पुलचोकदेखि लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म अलग–अलग डिजाइन भएकाले त्यसमा केही फरक हुनेछ । बीचको भागमा हरियालीसहितका फूल रोपिनेछ । यही सडकखण्डमा विद्युत् लाइन भूमिगत गर्ने योजनासमेत प्राधिकरणले बनाएको छ ।

महानगर प्रमुख रेनु दाहालले आफ्नो कार्यकालमा पुल्चोक–गोन्द्राङ छ लेनको सडक ठूला आयोजनामध्ये एक भएको बताउनुभयो । उहाँले पुल्चोक–गोन्द्राङ सडक देशकै नमूना बन्ने जिकिर गर्नुभयो । रासस

बुधबार, चैत ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.