चैत्र ०९, चितवन । लायन्स क्लब अफ नारायणगढ़ सङगमचोकको सम्पन्न १९ औ साधरण सभाले वर्ष २०२२/२०२३ को लागि निर्बिरोध अध्यक्षमा घनश्याम न्यौपाने लाई चयन गरेको छ।तेसैगरि , प्रथम उपाध्यक्षमा सुबिर श्रेष्ठ , दित्तिय उपाध्यक्षमा बुद्धिप्रसाद अधिकारी ,तृतीय उपाध्यक्षमा उज्ज्वल श्रेष्ठ ,सचिबमा मनोज बर्णवाल सह- सचिबमा तुलसि प्रसाद सापकोटा ,कोषाध्यक्षमा बिस्वराज भट्टराई ,देबेन्द्र पौडेल, लगायत सम्पुर्ण कार्यसमिति निर्बिरोध चयन भएको छ । उक्त कार्यक्रम निर्वाचन समितीका संयोजक, क्लबका पूर्व अध्यक्ष एवं आगामी वर्षका लागि इलेक्ट डिस्ट्रीक्ट गभर्नर सिद्धार्थ लाल चुकेको संयोजकत्वमा सम्पन्न भएको थियो ।
Advertisement


