• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, कार्तिक १४, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

लोकप्रिय समाचार

  • १. स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २. हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

पत्रकार विश्वकर्मालाई सञ्चारिका प्रोत्साहन पुरस्कार

चैत्र ०८, चितवन ।चितवनकी पत्रकार मनिका विश्वकर्माले सञ्चारिका प्रोत्साहन पुरस्कार प्राप्त गरेकी छन् ।सञ्चारिका समूहले आज प्रेषित गरेको विज्ञप्ति मार्फत् सो जानकारी गराएको हो ।पत्रकार महासंघ चितवनको साधारण सदस्य रहेकी उनले चितवनको एटुजेड अनलाइनबाट पत्रकारिता सुरु गरेर नारायणी अनलाइनमा काम गरेकी थिइन् । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसका आमसञ्चार र पत्रकारिता विषय लिएर बीए तेस्रो वर्षमा अध्ययनरत उनी अहिले सेतोपाटीमा कार्यरत छन् ।

Advertisement

यसैगरी ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७६ बाट विश्वकर्माएसहित नेपाल टेलिभिजनमा कार्यरत सीतादेवी पोखरेल (मिनु) लाई प्रदान गर्ने निर्णय गरिएको सञ्चारिका समूहले जनाएको छ । यसको साथै ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७७’ पत्रकारद्घय गोरखापत्र अनलाइनमा कार्यरत सपना थामी र इकागज डट कममा कार्यरत सृजना खड्कालाई प्रदान गर्ने निर्णय गरिएको छ । छोटो अवधिमा सक्रिय भई पत्रकारिता गर्ने पत्रकार महिलालाई पेशामा थप उत्साह बढाउन सहयोग पु¥याउने उद्देश्यले २०६२ सालमा ‘सञ्चारिका प्रोत्साहन पुरस्कार’ स्थापना गरिएको जनाइएको छ ।

Advertisement

त्यसैगरी सञ्चारिका समूह नेपालद्वारा स्थापित ‘सञ्चारिका समानता पुरस्कार–२०७७’ कान्तिपुरमा प्रकाशित ‘अस्पताल नपुगी ज्यान गुमाउँछन गर्भवती र सुत्केरी’ फिचरका लागि पत्रकारद्घय फातिमा बानु र विद्या राईलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ । उक्त फिचर २०७७ भदौ ८ गतेको कान्तिपुरमा प्रकाशित भएको थियो । सञ्चारिका समानता पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ । तीन सदस्यीय पुरस्कार छनौट समिति गठन गरी छनौट गरिएका फिचरहरु उपलब्ध गराइएको सञ्चारिका समूहले जनाएको छ । छनौट समितिले समाचार\लेख\फिचरको शैली, विषयवस्तु, सन्देश, लैंगिक संवेदनशिलता, अन्वेषणजस्ता विषयवस्तुलाई आधार बनाएर मूल्याङ्कन गरेको हो । पुरस्कारका लागि छनौट भएका समाचार÷लेख÷फिचरमा सञ्चारिका समूहको अनलाइन पत्रिका ‘महिला खबर डट कम’ मा प्रकाशित लेख र समूहका कार्यसमितिमा रहेका पदाधिकारीहरूको समाचार÷लेख÷फिचर समावेश नगराइएको विज्ञप्तिमा उल्लेख छ साथै छनौट तथा मूल्याङ्कन प्रक्रियालाई निष्पक्ष बनाउनका लागि छनौट समितिलाई समाचार उपलब्ध गराउँदा पत्रकार र पत्रिकाको नाम समेत नखुलाइएको जनाइएको छ । ‘समानताका लागि सञ्चार’ भन्ने आफ्नो मूल नारालाई सफल रूपमा अघि बढाउने उद्देश्यले सञ्चारिका समूहले २०५७ सालदेखि हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।

यसैगरी ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७६’ रौतहट जिल्लाबाट पत्रकारिता गर्दै आएकी पत्रकार बिना राउतलाई प्रदान गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । पत्रकार राउत रौतहट जिल्लाको रेडियो राजदेवी र फ्रन्टलाइन खबर दैनिकमा कार्यरत छन् । यसैगरि ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७७’ रुकुम पश्चिम जिल्लाबाट पत्रकारिता गर्दै आएकी पत्रकार हिरा परियारलाई प्रदान गर्ने निर्णय गरिएको छ । पत्रकार परियार रुकुम पश्चिमबाट ग्यालेक्सी फोरके टिभीमा कार्यरत छन् । यो पुरस्कार स्व. पत्रकार उमा सिंहको नाममा स्थापना गरिएको हो । उक्त पुरस्कार पत्रकार महिलालाई पेशामा थप उत्साह बढाउनका लागि २०६६ सालमा स्थापना गरिएको हो । उक्त पुरस्कारको राशि सात हजार १११ रहेको छ ।

‘सञ्चारिका समानता पुरस्कार २०७६’ नयाँ पत्रिकामा २०७६ फागुन २५ गते प्रकाशित ‘महिलालाई रोजगारी पनि कम, ज्याला पनि कम’ फिचरका लागि पत्रकार मुना कुँवरलाई प्रदान गर्ने निर्णय भएको थियो । गत वर्ष र यस वर्ष घोषणा भएका सबै पुरस्कारहरु यहि चैत ११ गते शुक्रबारका दिन प्रदान गरिने सञ्चारिका समूहले विज्ञप्तिमार्फत् जनाएको छ ।

मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक
स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै
निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

लोकप्रिय

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २.

  • ३.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • ४.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ५.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ६.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ७.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ८.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.