भरतपुर, जेठ् १०।
“ब्लड डोनर्स सोसाइटी नेपाल” द्वारा संचालित निशुल्क खाद्यान्न संकलन तथा बितरण अभियानले बिगत ४ दिन देखि निरन्तर खाधान्न बितरण गर्दै आएको छ ।
यस कोरोना महामारीलाइ मध्यनजर गर्दै रोगले भोकले कोहि नमरुन भन्ने उद्देश्यले अभियान सुरु गरिएको छ।
अभियानले चार दिनको अन्तरालमा ३९ घर धुरिलाइ राहत प्रदान गरिसकेको छ ।
बिगतमा रक्तदान कार्यक्रम , विभिन्न सरसफाइ कार्यक्रम ,जनचेतनामुलक कार्यक्रम चलाउदै आएको यस सस्थाले महामारीको बिच , भोकाहरुलाइ खाद्यान्न दिदै आएको छ ।
अभियानमा सहयोग गर्नु हुनेले,
esewa नम्बर ९८६०९१५३६२ तथा अर्जुन अधिकारीको नाममा रहेको प्राइम कमर्सियल बेन्कको खाता नम्बर 007007901W मा सम्पर्क गर्न सकिने छ ।
Advertisement

