चैत्र ०७, चितवन ।हेटौंडामा लागुऔषधसहित दुईजना पक्राउ परेका छन । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ घर भई वडा नम्बर ५मा डेरा लिई बस्ने सन्देश दुलाल र ओखलढुंगा पोखरेली गाउंँपालिका वडा नम्बर ४ घर भई मकवानपुर वडा नम्बर ४मा डेरा लिई बस्ने गणेस प्रसाद घिमिरे रहेका छन ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुलालको डेराकोठामा चेकजाँच गर्दा लुकाई छिपाई राखेको लागुऔषध डाईजेपाम १८ एम्पुल, फेनारगन १६ एम्पुल, नुफिन १६ एम्पुल गरी ५० एम्पुल सहित पक्राउ गरिएको हो भने शंकास्पद रुपमा हिंडिरहेका घिमिरेलाई चेकजांँच गर्दा उनको साथ बाट े लागुऔषध डाईजेपाम ५ एम्पुल, फेनारगन ४ एम्पुल, नुफिन ५ एम्पुल गरी १४ एम्पुल सहितपक्राउ गरिएको हो उनीहरुमापथ थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Advertisement

