चैत्र ०४, चितवन ।
गैडाको आक्रमणबाट बच्न भाग्ने क्रममा ज्यान गुमाएको सैनिक जवानको उदयपुरको गाईघाटमा सैनिक सलामीका साथ शुक्रबार अन्त्येष्टि गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खड्गदल गणमा कार्यरत नेपाली सेनाका एक जवानको गैंडाको आक्रमणपछि भाग्ने क्रममा दलदलमा डुबेर ज्यान गएको थियो ।निकुञ्ज सुरक्षार्थ खटिएका खड्ग दल गणको साईली माईली पोष्टमा कार्यरत उदयपुरको त्रियुगा नगरपालिका ११ सिद्धार्थ टोलका गाईघाटका २८ वर्षीय पवन कटुवालको ज्यान गएको थियो ।
Advertisement

