चैत्र ०१, तनहुँ ।तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ घिनटारमा नेकपा माओवादी केन्द्र देवघाटले कार्यालय स्थापना गरेको छ। सोमवार एक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि देवघाट गाउँपालिकाको सहिद प्रकाश सुवेदीको आमा सितादेवी सुवेदीले सो कार्यक्रमलाई ब्यानर पढेर उद्घाटन गर्नुभएको थियोे।
सो कार्यक्रममा नेकपा माओवादी केन्द्र देवघाटका अध्यक्ष भुवनसिङ्ग गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै सवैलाई सहज र सम्पर्क गर्न सजिलोसँग केन्द्र पर्ने र पार्टीको गतिविधिहरु सबै यहीँ स्थानबाट सुचारु हुने समेत बताए। साथै अध्यक्ष गुरुङले सो पार्टी कार्यालय अन्य शाखा कार्यालयहरु मजदुर, वाईसीएल, अनेम क्रान्तिकारी पनि रहने जानकारी दिए।
साथै पार्टीको निर्देश र अभियान अनुसार जनताको हकहित र अधिकारको निम्ति सधैं पार्टीको तर्फबाट र आफ्नोतर्फबाट संघर्ष गरि रहने बताए। कार्यक्रममा सहिद मेगनाथ लामिछानेका आमा टुल्किदेवी लामिछाने, सचिवलयल सदस्य तथा कार्यालय सचिव तथा देवघाट ५ नम्बर इन्चार्ज किरण सुवेदी, देवघाट वाइसीएल इन्चार्ज दुर्गलाल गुरुङ, अनेम संघ क्रान्तिकारि देवघाटका अध्यक्ष सुशीला नेपाल, देवघाट नेकपा माओवादी केन्द्रका कोषाध्यक्ष बिष्णु कमली,देवघाट ५ नेकपा माओवादी केन्द्रका सचिव दिलमाया सापकोटा लगाएतको उपस्थिति रहेको थियो भने देवघाट नेकपा माओवादी केन्द्रका सचीव होम बहादुर भारती (सन्जिव)ले कार्यक्रम सञ्चालन गरेको थियो।


