• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
सोमबार, भदौ २९, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

देखिएन चितवनका पर्यटन क्षेत्रमा भ्यालेन्टाइन डे को उत्साह, सौराहाका होटल सुनसान


चितवन,फागुन १-प्रणय दिवस (भ्यालेन्टाइन डे) मा भरिभराउ हुने पर्यटकीय क्षेत्रमा यस वर्ष उत्साह देखिएको छैन । प्रणय दिवसको अघिल्लो दिन आजसम्म यहाँका पर्यटकीय होटेलमा चहलपहल हुन नसकेको हो ।

Advertisement

विगतका वर्षमा कोठा नपाएर पाहुना फिर्ता गर्ने पर्यटकीय नगरी सौराहाका व्यवसायीले फाट्टफुट्ट मात्रै बुक भएको बताएका छन् । उनीहरुले कोठा सोध्ने क्रम बढेको भए पनि उत्साहपूर्ण रुपमा हुन नसकेको जनाएका छन् । प्रणय दिवसका अवसरमा सौराहाका व्यवसायीले खाना महोत्सव (फुड फेस्टिबल) गर्दै आएका थिए । यस वर्ष उक्त महोत्सव हुन सकेको छैन । १६औँ संस्करणको खाना महोत्सव भइरहनुपर्नेमा कोरोनाका कारण कार्यक्रम स्थगित भएको छ ।

Advertisement

रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान)सौराहाका निवर्तमान अध्यक्ष दीपेन्द्र खतिवडाले गत वर्षसम्म यतिबेला सौराहामा भीडभाड हुने भए पनि यस वर्ष खासै चहलपहल नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाहुनाको स्वागतका लागि हामी तयारीमा छौँ, सोधखोज भइरहेको छ, खै अब कस्तो हुन्छ ” रेष्टुरेन्टहरुका लागि यो महत्वपूर्ण व्यापार हुने समय हो । गत वर्ष फागुन १ देखि ३ गतेसम्म १५औँ सडक खाना महोत्सव गरिएको उहाँले जानकारी दिनुभयो ।

अघिल्ला वर्षमा माघका दुई दिन र फागुनका तीन दिन गरी पाँचदिने महोत्सव गर्ने गरिन्थ्यो । यस वर्ष कोभिडका कारण कार्यक्रम स्थगित भएसँगै सौराहा सुनसान देखिएको हो । खतिवडाको भनाइमा खाना महोत्सव अनुकूल समय भए पनि यस वर्ष गरिएन ।

क्षेत्रीय होटेल सङ्घका अध्यक्ष दीपक भट्टराईले ९० प्रतिशत हाराहारी बुकिङ हुने समयमा सुनसान रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “फाट्टफुट्ट पर्यटक देखिन थालेका छन्, विगतको तुलनामा नगण्य छ ।” सोधखोज बढ्दै गएकाले पर्यटन क्षेत्र लयमा फर्किनेमा आफूहरु आशावादी भएको भट्टराईको भनाइ छ । पर्यटन व्यवसायका लागि यो मौसम महत्वपूर्ण हो । प्रणय दिवसमा सौराहामा राम्रो व्यवसाय हुने गर्दथ्यो । स्थानीय प्रशासनले कोभिडका कारण गरिने निषेधाज्ञा र बन्दका विषयमा प्रचार गर्ने तर खुलेका बारेमा जानकारी नगराउँदा समस्या हुने गरेको उहाँले बताउनुभयो ।

क्षेत्रीय होटेल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले समय महत्वपूर्ण भए पनि पर्यटक खासै नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “यतिबेला निकै चहलपहल हुन्थ्यो, हुन सकेन ।” होटेलमा बस्नेभन्दा घुमफिर गर्न आउने अरू धेरै हुने समय यो हो । होटेल पनि प्रायः भरिने गरेको विगत सम्झँदै घिमिरेले भन्नुभयो, “अब भने पर्यटक आउनेमा आशावादी छौँ ।” विदेशीहरु फाट्टफुट्ट आउन थालेको उहाँको भनाइ छ ।

होटेल सेभेन स्टारले अघिल्ला वर्षहरुमा ठाउँ पु¥याउन नसकेर पर्यटक अन्यत्र पठाउने गथ्र्यो । सञ्चालक माधव दुवाडीले भन्नुभयो, “यस वर्ष हाम्रैमा ४० प्रतिशत पु¥याउन सकिएको छैन, पहिले हामीले पाहुना अन्यत्र पठाउने गथ्र्यौं ।” होटेल जङ्गल क्राउनमा विगतका वर्षमा पर्यटक भरिभराउ हुने गरेका थिए । प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरी यस वर्ष २५ प्रतिशत पुग्न मुस्किल भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यस वर्षको प्रणय दिवसमा खासै पर्यटक भएनन्, अब होलान् भन्ने लागेको छ ।”

सौराहा क्षेत्रमा १२० हाराहारी पर्यटकीय होटेल रहेका छन् । ती होटेलमा पाँच हजार ५०० शय्या रहेका छन् । होटेलमा पाहुना नपाएपछि व्यवसायीले पालैपालो कर्मचारी मजदुरलाई बिदा दिएका छन् । थोरै कामदार कर्मचारीको भरमा होटेल चलाइरहेका छन् । होटेल चल्ने मुख्य समयमा कोभिडका कारण अवरोध पुगेपछि व्यवसायी निराश छन् । कोभिडका कारण अबका दिनमा फेरि दुःख नपाए पूर्ववत् अवस्थामा फर्काउन सकिने आशा व्यवसायीमा छ ।रासस

आइतबार, फागुन ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.