माघ २७, चितवन ।कक्षा १२ को परीक्षा अगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अगामी जेठमा गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १२ को परीक्षा जेठमा गर्ने तयारी भइरहेको बताए। केहीदनमा परीक्षा तालिका सार्वजनिक गरिने उनले बताए ।
Advertisement
यसअघि बोर्डले यस वर्षको एसईई आगामी वैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरिसकेको छ।


