भरतपुर,चैत्र २८।
चितवनस्थित लक्ष्मी वैकुण्ठनाथ मन्दिरमा आज बसेको एक भेलाले नारायणप्रसाद खरेल अध्यक्ष हुने गरी ११ सदस्यीय वैदिक धर्म परिषद् नेपाल भरतपुर महानगर समिति गठन गरेको छ।यस्तै भेलाले उपाध्यक्षमा शकुन्तला पाठक,सचिवमा कल्याणकुसुम कंडेल ,सहसचिवमा गीताराम सापकोटा ,कोषाध्यक्षमा टीकाराम कंडेल ,सदस्यमा लक्ष्मीपति कंडेल ,भूमिराज गैरे,देवी सापकोटा ,अम्बिका कंडेल ,कमला सापकोटा ,चक्रपाणि कंडेललाई चयन गरेको छ। श्री वैकुण्ठनाथ परम वैदिक विद्याप्रतिष्ठानम् (गुरुकुलम्)का विद्यार्थीहरूद्वारा गरिएको स्वस्तिवाचनका साथ प्रारम्भ भएको उक्त कार्यक्रम वैदिक धर्म परिषद् चितवनका उपाध्यक्ष पं.कृष्णप्रसाद निउरेको सभापतित्व तथा परिषद्का केन्द्रीय सदस्य गोपालप्रसाद कंडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। परिषद्का केन्द्रीय उपाध्यक्ष ध्रुवराज शर्मा अर्याल ,केन्द्रीय सहसचिव हरिप्रसाद कंडेल , केन्द्रीय सदस्य डा.लक्ष्मीनाथ कंडेल ,वैदिक युवा परिषद्का केन्द्रीय अध्यक्ष ज्यो.पं. प्रताप कंडेल ,उपाध्यक्ष विश्वनिधि अर्याल,वैदिक धर्म परिषद् चितवनका सचिव इन्द्रलाल कंडेल ,परमानन्दस्मृति वैदिक विद्या विद्या भवन गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ ढकाल लगायतका महानुभावहरूको उपस्थिति रहेको सो कार्यक्रमको संचालन परिषद्का चितवन जिल्ला कोषाध्यक्ष ईश्वरी काफ्लेले गर्नुभएको थियो।
वैदिक धर्म परिषद् भरतपुर महानगर समिति गठन सम्पन्न
वैदिक धर्म परिषद् भरतपुर महानगर समिति गठन सम्पन्न
Advertisement
तपाईको प्रतिक्रिया

