चितवन, चैत्र २०।
मध्ये नेपालको विकासीत शहर चितवनमा “विरियानी मोमेन्ट्स” नामक रेष्टुरेष्ट सञ्चालनमा आएको छ । विरियानी स्वादका पारखीहरुलाई लक्षित गर्दै “विरियानी मोमेन्ट्स” सञ्चालन भएको आज पत्रकार सम्मेलन गर्दै जानकारी गराईएको हो ।
स्वदेशमा नै आफ्नै उद्यममा अग्रसर हुनुपर्छ भन्ने सन्देश दिन ४ जना युवा व्यवसायीहरुको सामुहिक लगानीमा चेन रेष्टुरेन्टको रुपमा फ्युचर फुड्स प्रा.लि द्धारा सञ्चालित “विरियानी मोमेन्ट्स” आगामी चैत २० गतेदेखि शुभारम्भ गरेको रेष्टुरेन्टका सञ्चालक शिशिर पौडेलले जानकारी दिए। हुनुपर्छ भन्ने सन्देश दिन ४ जना युवा व्यवसायीहरुको सामुहिक लगानीमा चेन रेष्टुरेन्टको रुपमा फ्युचर फुड्स प्रा.लि द्धारा सञ्चालित “विरियानी मोमेन्ट्स”
काठमाडौँको कुपनडोलमा मुख्य कार्यालय रहेको यो रेष्टुरेन्ट चेन शाखा विस्तार गर्ने लक्ष्यसहित पहिलो शाखा चितवन भरतपुरको नारायणगढ नारायणी नदी किनारमा खोलिएको रेष्टुरेण्टका अध्यक्ष कल्यणा अधिकारीले जानकारी दिनुभयो ।
नारायणी नदी किनार नजिक जेसिस भवन अगाडी “विरियानी मोमेन्ट्स” ले जिल्लामा नै पहिलो पटक २४ घण्टा होमडेलिभरि सुविधा सुरु गरेको रेष्टुरेन्ट अध्यक्ष अधिकारीले बताउनुभयो ।
“चितवन हरेक दृष्टिकोणबाट हव क्षेत्रको रुपमा विकसीत हुदै गएको छ अधिकारीले भन्नुभयो– यहाँ धेरै परिकारका रेष्टुरेन्ट छन्, तर विरियानी थिएन्, अब हामी विरियानीको असली स्वाद पस्कीएका छौँ ।”
चितवनमा अनलाईन सुविधासहित खाना अर्डर गर्ने सुविधा भएपनि “विरियानी मोमेन्ट्स” ले भने चौबिसै घण्टा होम डेलिभरि दिने काम मुख्य आर्कषण हुने रेष्टुरेण्टले जनाएको छ ।
विशेष गरि यहाँ मटन, चिकेन, एग, भेज विरियानीसहित कबाव, मटन गोल्डेन, रोयल लण्डन, प्रदा विरियानी मुख्य परिकार हुन्, भने विरियानीको २० वटा फरक परिकार चितवने खानाका पारखीहरु माझ लोकप्रिय बन्नेछ । रेष्टुरेन्टले प्रत्यक्ष रुपमा ३५ जनालाई रोजगारी दिएको छ ।
यस्तै यहाँ विरियानीको अलावा नेपाली स्पेशल परिकारसहित ईन्डीयन, चाईनिज, ईटलियिन र स्थानिय विभिन्न परिकारहरु समेत रेष्टुरेन्टका विशेष परिकार छन् । यस्तै रेष्टुरेन्ट शुभारम्भको अवसरमा नेपाली ताराको पहिलो विजेता गायक दिपक लिम्बुसहित विभिन्न कलाकारहरुको सांगितिक प्रस्तुती दिदैछन् ।
२४ घण्टा होमडेलिभरि सुविधासहित चितवनमा खुल्यो “विरियानी मोमेन्ट्स”
२४ घण्टा होमडेलिभरि सुविधासहित चितवनमा खुल्यो “विरियानी मोमेन्ट्स”
Advertisement
तपाईको प्रतिक्रिया

