चितवन, मघ २३।
बिगत लामो समय देखि रगत तथा सामाजिक कार्यहरु गर्दै आएको ब्ल्ड डोनर्स सोसाइटी नेपाल सामाजिक सस्थाले ११ सदस्यीय केन्द्रिय कमिटी सार्बजनिक गरेको छ । सस्थाका सस्थापक अध्यक्ष अर्जुन अधिकारीको नेतृत्वमा बसेको बैठकले पहिलो तदर्थ समितीलाई मिति २०७८/१०/१६ गते केन्द्रिय बैठकबाट पहिलो बर्षको समिती खारेज गरि दोस्रो कार्यकालका लागि नयाँ कार्यसमिति गठन गर्ने सम्बन्धी निर्णय गरिएको अध्यक्ष अधिकारीले जानकारी गराउनु भयो
मिति २०७८/१०/२२ गते बसेको बैठकले मिति २०७८/१०/२३को मितिबाट लागुहुने गरि कार्यसमितीलाई सार्बजनिक गरेको छ । सस्थाले ११ सदस्यीय पदसहितको पोस्टर सार्बजनिक गर्दै समिती घोषणा गरेको हो । समितीको अध्यक्षमा श्री अर्जुन अधिकारी रहनु भएको छ । त्यसैगरी उपाध्यक्षमा किशान सापकोटा ,महासचीवमा अन्जन दवाडी , सचिब पदमा राजिब श्रेष्ठ ,सहसचिवमा पदम कुमार श्रेष्ठ ,कोषाध्यक्ष शान्ता सुवेदी सह-कोषाध्यक्ष सन्तोष शाह सहित ४ सदस्यहरु ईश्वर अधिकारी , अमृता लामा, सोनि दवाडी , राजेन्द्र महर्जन मनोनीत हुनु भएको छ ।
सस्थाले आगामी दिनमा रगत लगाएतका विभिन्न छेत्रमा मानव सेवाका लागि अझै प्रभावकारी ढंगले सक्रिय रुपले कार्यहरु गर्ने जानकारी गराउनु भयो ।
लायन्स क्लब अफ काठमाडौ ब्लडहुडका निबर्तमान अध्यक्ष समेत रहनु भएका सस्थाका सचीव राजिब श्रेष्ठ संगको सम्बादमा सस्थालाई अबका दिनमा देशभरी नै संजाल फैलाउने गरि व्यापक कार्यक्रम तथा प्रचार गर्ने र अझ प्रभावकारी कार्यहरु गर्ने समेत जानकारी गराउनु भयो ।

