माघ २०, चितवन ।चितवनको कालिका नगरपालिका ६ वडा कार्यालयले मौरीपालक किसानलाई अनुदानमा मह राख्ने बाल्टी दिएको छ । कार्यालय आज (बिहीबार) एक कार्यक्रम आयोजना गरी आफ्नो वडाका २९ जना मौरी पालक कृषकलाइ ७५ प्रतिशत अनुदानमा ३० किलो क्षमता बराबरको बाल्टी हस्तान्तरण गरेको हो ।
कार्यक्रममा नेपाल मौरी पालन महासंघका अध्यक्ष शिव पौडेलले मह उत्पादन गर्ने कृषकलाई मह राख्नका लागि बाल्टी अत्यावश्यक रहेको भन्दै वडाले अनुदानमा बाल्टिन उपलब्ध गराउँदा कृषक उत्साहित भएको बताए ।
कालिका नगरपालिका वडा नम्बर ६ ले किसानलाई अनुदानमा बाल्टिन दिएर मौरी पालनमा थप हौसला प्रदान गरेको वडा अध्यक्ष विनोद रेग्मीले बताए । नेपालबाट बाहिर मह निर्यात गर्दा स्थानियको आय स्तर वृद्धि हुने भन्दै यसैगरी देशभरका वडाहरुले किसानलाई प्रोत्साहन गरी अनुदानको व्यवस्थापन गर्न सके देशभर मह उत्पादन बढ्ने उनको भनाई छ ।

