माघ २०, चितवन ।चितवनको इच्छाकामना गाउँपालिकाका भूकम्पका कारण भूमिहिन भएका पीडितको बसाइँसराईको दर्ता नभएको भन्दै भूकम्प पीडित संघर्ष समितिले विरोध जनाएका छन् । समितिले आज (बिहीबार) एक विज्ञप्ती जारी गर्दै भूकम्प पीडितले बसाइँसराई दर्ता गर्न माग गरेका हुन ।
वि.सं २०७२ साल वैशाख १२ र २९ गते गएको विनासकारी भूकम्पले काउले गाविस वडा नम्बर २ हाल इच्छाकामना २ मा भुकम्पका कारण पूर्णरुपमा भौतिक र मानविय क्षति भएपछि उक्त स्थानका बासिन्दालाई कालिका नगरपालिका ७ मा स्थान्तरण गरिएको थियो ।
Advertisement
उक्त स्थानमा बसाइसराई दर्ता गर्न जिल्ला प्रशासन कार्यालय चितवनले आदेश दिँदा पनि कालिका नगरपालिका ७ वडा कार्यालयले बसाइँसराईको दर्ता प्रक्रियालाई व्यवास्ता गरेको संघर्ष समितिका उपाध्यक्ष टिका बहादुर बिकले जानकारी दिए ।


