• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
सोमबार, भदौ २९, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • १०. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

उद्योग वाणिज्य संघ चितवनले ६२ औं स्थापना दिवस मनायो


माघ १९, चितवन ।उद्योग वाणिज्य संघ चितवनले आज विविध कार्यक्रमको आयोजना गरी ६२ औं स्थापना दिवस मनाएको छ ।संघको सचिवालयमा औपचारिक कार्यक्रमसहित निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अवसरमा संघका अध्यक्ष राजु श्रेष्ठले २०१६ सालमा स्थापित उद्योग वाणिज्य संघ चितवनलाई आजको अवस्थामा ल्याइपु¥याउनको लागि अग्रजले खेलेको भूमिकाको प्रशंसा गर्दै संघ अग्रजहरुको मार्गनिर्देशन र सरसल्लाह बमोजिम अगाडि बढ्ने बताए । कार्यक्रममा अध्यक्ष श्रेष्ठले यस क्षेत्रको कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको विकासमा संघले निरन्तर कार्यक्रम आयोजना गरेको बताउँदै आगामी दिनहरुमा पनि अझ सशक्तरुपमा यस क्षेत्रका कार्यक्रमहरु आयोजना गरिने बताए । उनले सार्वजनिक निजी साझेदारी अवधारणाअन्र्तगत संघले गरेका व्यवसायिक हितलगायत पूर्वाधार विकासका कार्यक्रमहरु अनुकरणीय रहेको बताए । अध्यक्ष श्रेष्ठले स्थापना दिवसको अवसरमा संघमा आवद्ध सम्पूर्ण सदस्यहरुको व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे ।

Advertisement

कार्यक्रममा प्रमुख अतिथि एवम् संघका पूर्वअध्यक्ष केएल भुषणले विगतका दिनहरुलाई स्मरण गर्दै नेपाल उद्योग वाणिज्यमहासंघको स्थापना हुुुनुभन्दा पहिला नै परिकल्पना गरिएको यस संघले लामो यात्रा पार गर्न सफल भएको दाबी गरे । उनले व्यवसायीको हक, हितको संरक्षण, संबद्र्धन र प्रबद्र्धन गर्दै व्यवसायिक ऐक्यबद्धता जाहेर गर्ने उद्देश्यले स्थापित उद्योग वाणिज्य संघ चितवन आज यस क्षेत्रको सामाजिक, आर्थिक एवम् सांस्कृतिक विकासको संवाहकको रुपमा स्थापित भएको बताउँदै अग्रजलगायत पूर्वकार्यसमिति र वर्तमान कार्यसमितिप्रति हार्दिक आभार ब्यक्त गरे ।
सोही कार्यक्रममा संघका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य सहनलाल प्रधानले निजी क्षेत्रको प्रतिनिधिमूलक यस संस्थाले वर्गीय हितका साथसाथै सामाजिक उत्तरदायित्वका थप कार्यहरु सम्पन्न गरेको बताउँदै आगामी दिनहरुमा पनि थप समय सापेक्ष कार्यहरु सञ्चालन गर्नका लागि अनुरोध गरे । उनले निजी क्षेत्रका समस्या समाधानका लागि उवासंघ चितवन र नेपाल उद्योग वाणिज्य महासंघ सदैव क्रियाशिल रहने बताए । स्थापना दिवसको कार्यक्रममा संघले ६२ वटा दीपप्रज्वलन गरेको थियो । स्थापना दिवसको अवसरमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा ७० जना व्यवसायीले आफ्नो स्वास्थ्य परीक्षण गरेका छन् ।

Advertisement

कार्यक्रममा संघका पूर्वअध्यक्ष प्रचण्डलाल प्रधान, उत्तमलाल चुके, डा. तिलचन्द्र भट्टराई, कल्याण जोशीलगायत कार्यसमिति सदस्य, वस्तुगत संघका अध्यक्ष, संघका साधारण सदस्यलगायतको उपस्थिति रहेको थियो । संघमा आयोजित स्वास्थ्य परीक्षण एवम् रक्तदान कार्यक्रमको लागि नेसनल सिटी हस्पिटल भरतपुर तथा रक्त सञ्चार केन्द्र भरतपुरले सहयोग गरेको सचिवालयले जनाएको छ । उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गरेका हुन् ।

बुधबार, माघ १९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.