माघ १८, काठमाडौं ।इटालियन क्लब युभेन्ट्सले मिडफिल्डर डेनिस जाकारियालाई अनुबन्ध गरेको छ।युभेन्ट्सले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाखबाट डेनिसलाई अनुबन्ध गरेको हो। डेनिसले युभेन्ट्ससँग २०२६ सम्मको सम्झौता गरेका छन्।
२५ वर्षीय मिडफिल्डर ५ वर्ष जर्मन क्लबमा बिताएर इटाली आएका हुन्। स्विस मिडफिल्डरले युभेन्ट्समा २८ नम्बरको जर्सी लगाउने छन्।
Advertisement
स्वीजरल्याण्डका लागि उनले ४० खेलमा ३ गोल गरेका छन्।

