माघ १६, काठमाडौं ।नेपाल बार एशोसिएसनले कुनै पनि बहानामा निर्वाचन पर सारेर स्थानीय तहलाई जनप्रतिनिधिविहीन नबनाउन दलहरुलाई खबरदारी गरेको छ ।
बारका महासचिव लीलामणि पौडेलले आइतबार विज्ञप्ति जारी गरी कुनै आग्रह, पूर्वाग्रह, अनुकुलता, प्रतिकुलतालाई विचार गरेर निर्वाचन गर्ने वा नगर्ने विषय उचित नभएको बताए ।
Advertisement
‘कुनै पनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानुन विपरीत मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ’ विज्ञप्तिमा भनिएको छ ।
बारले नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानुनसमेतका आधारमा सबै तहका निर्वाचन समयमा नै गरी लोकतन्त्रको रक्षा र संवद्र्धनमा लाग्न सरकार र दलहरुलाई आग्रह गरेको छ ।
हेर्नुस् नेपाल बारको विज्ञप्ति


