माघ १६, चितवन ।चितवनमा पछिल्लो २४ घण्टामा ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्लाभर दुई सय २० जनामा पिसिआर परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै जिल्लाभर कुल संक्रमितको संख्या ३२ हजार एक सय ९६ पुगेको छ ।
Advertisement
यता पछिल्लो २४ घण्टामा एक सय ९४ जना कोरोनामुक्त भएका छन् । यससँगै अहिलेसम कोरोनामुक्त हुनेको संख्या छु हजार सात सय १३ पुगेको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।
जिल्लाभर चार हजार ४३ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये चार हजार पाँच जना होमआइसोलेसनमा छन् । ३८ जना भने अस्पताल भर्ना भएका छन् । जिल्लाभर कोरोनाबाट अहिलेसम्म चार सय ४० जनाको ज्यान गएको छ ।

