• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

मनाङलाई हराउँदै एपीएफले जित्यो आहा रारा गोल्ड कपको उपाधि


माघ १५, काठमाडौं ।सर्वाधिक विजेता मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले स्तब्ध पार्दै २० औं आहारारा गोल्डकपको उपाधि विभागीय टिम एपीएफले जितेको छ । पहिलो पटक फाइनल पुगेको एपीएफले पहिलो प्रयासमा नै उपाधि रक्षा गर्न सफल भएको छ ।

Advertisement

खेलको २० औं मिनेटमै एपीएफले अग्रता लिएको थियो । यसै सिजनबाट एपीएफबाट खेल्न सुरु गरेका युवराज खड्काले वर्मन्ड बिडोमको पासलाई नियन्त्रणमा लिँदै बललाई जाली चुमाएका हुन् ।

Advertisement

मनाङका तर्फबाट ६७ औं मिनेटमा क्याप्टेन विमल रानाको पासमा धनञ्जय सिंहले हेडिङमार्फत गोल गर्दै खेललाई बराबरीमा फर्काए । घरेलु टिममा मनाङको पहिलो गोलसँगै रंगशालामा समर्थकको चर्को हुटिङ सुनियो ।

त्यस्तै, मनाङबाटै खेलको ८३ औं मिनेटमा विश्व अधिकारीको फ्रिकिक प्रहारलाई हेडिङमार्फत सुन्दर फिनिसिङ दिँदै फ्रांकलिन कुटे टल्लाले मनाङलाई अग्रता दिलाएका थिए ।

तर इन्जुरी समयमा एपीएफका रवि थिङले गोल गर्दै खेल बराबरीमा ल्याए । मनाङका डिफेन्डरले हेडिङमार्फत फर्काएको बललाई उनले हेडिङमार्फत गोल गरेका हुन् ।

निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा रोकिएपछि ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा एपीएफले मनाङलाई दबाबमा राखेको थियो । तर, पटकपटक काउन्टर अट्याक प्रयास गरे पनि सफल भने हुन सकेन ।

अतिरिक्त समयको पहिलो मिनेटमा खेललाई फेरि अग्रता दिलाउने मौका मनाङले गल्ती गर्दा गुमाउन पुग्यो । अतिरिक्त समयको पहिलो मिनेटमै कर्नरबाट पाएको बल ओलावाले अपिजले गोल गरेका थिए । तर, उनले विपक्षी खेलाडीलाई धक्का दिँदै लडाउन पुगेकाले खेलका मुख्य रेफ्री नवीन्द्रमान महर्जनले गोल स्वीकृत गरेनन् । उनले सोही गल्ती अतिरिक्त समयको २० औं मिनेटमा पनि गरेका थिए ।

त्यसअघि खेलको ४० औं मिनेटमा मनाङका आदित्य चौधरी घाइते भएका थिए । हातमा चोट लागेर गम्भीर बनेपछि उपचारका लागि एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो । एपीएफका क्याप्टेन नवीन लामाले प्रहार गरेको क्रस बल आदित्यको हातमा लाग्न पुग्दा उनी घाइते हुन पुगेका थिए ।

सर्वाधिक उपाधि विजेता टोली र १४ वर्षपछि फाइनल पुगेको विभागीय टोली एपीएफबीचको खेल प्रतियोगिताकै रोमाञ्चक बनेको थियो । एपीएफसँग हारसँगै मनाङको ७ औं पल्ट उपाधि चुम्ने सपना विफल भएको छ ।

मनाङ र एपिएफ आहा राराको २० औं संस्करणमा आइपुग्दा ६ पटक भिडेका छन् । मनाङ र  एपीएफ अहिलेसम्म चौथो, ५ औं, ८ औं, ९ औं, १७ औं र २० औं आहारारा गोल्डकपमा आमनेसामने भएका हुन् । जसमा पुलिस २ खेलबाहेक ४ मा हार व्यहोरेको छ ।

थापाको दोहोरिएको इतिहास

१८ वर्षअघिको दोस्रो आहारारा गोल्डकपको उपाधि जित्दा कुमार थापाले टोलीको कप्तानी सम्हालेका थिए । त्यतिबेला उनको कप्तानीमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई फाइनलमा ३–१ ले हराउँदै पहिलो पटक आहारारा गोल्डकप उपाधि उचालेको थियो ।

मनाङका लागि ऐतिहासिक जित दिलाएको ठीक १८ वर्षपछि थापाकै प्रशिक्षणमा एपीएफ सोही मनाङसँग भिड्न फाइनल प्रवेश गरेको हो । थापाले यसै सिजनदेखि एपीएफको प्रशिक्षकको भूमिका सम्हाल्न आइपुगेका हुन् ।

एपीएफको टिम सम्हालेसँगै विदेशी खेलाडीलाई पहिलो पटक विभागीय टिममा समेत ल्याउँद लिग खेलाउने प्रशिक्षक बनेका छन् । उनले प्रशिक्षकको रुपमा पहिलो पटक आहा राराको उपाधि जित्दै पुनः अर्को इतिहास बनाएका छन् ।

शनिबार, माघ १५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती
एसिसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित
फिफा विश्वकप : ब्राजिलसँग स्कटल्याण्डलाई ३-० गोलले पराजित
बागमतीद्वारा गण्डकीसमक्ष २९५ रनको लक्ष्य प्रस्तुत
‘आरम्भ कप बास्केटबल’को उपाधि अंकुरम एकेडेमीलाई
“आरम्भ कप २०८२” बास्केटबल प्रतियोगिता माघ १८ देखी माघ २२ गतेसम्म हुने

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.