माघ १५, चितवन।चितवनमा सक्रिय संक्रमितको संख्या चार हजार १९५ पुगेको छ ।स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार आज चितवनमा १७४ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्याले चार हजार नाघेको हो ।
स्वास्थ्य कार्यालयका अनुसार आज भरतपुर महानगरपालिकामा ११५ जना, खैरहनी नगरपालिकामा ९ जना, माडी नगरपालिकामा २३ जना, रत्ननगर नगरपालिकामा १८ जना, राप्ती नगरपालिकामा ६ जना र कालिका नगरपालिकामा तीन जना थपिएका छन् । त्यसैगरी चितवनमा आज एक जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै चितवनमा कोरोनाको कारणले ज्यान गुमाउनेको संख्या ४४० जना पुगेको छ । चार हजार १९५ सक्रिय संक्रमितहरु मध्ये अस्पतालको आइसोलेसनमा ३९ जना र घरमा आइसोलेसनमा चार हजार १५६ जना रहेका छन् । आजसम्म कोरोनाका कारणले चितवनमा ३२ हजार १४९ जना संक्रमित भएका छन् ।
Advertisement


