• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
सोमबार, भदौ २९, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • १०. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

निर्माण सम्पन्न भएपछि परीक्षण उडानको पर्खाइमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल


माघ १५, काठमाडौं ।राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा भएको छ । आइसिवी–१ र आइसिवी–२ अन्तर्गतको सम्पूर्ण काम सकिएपछि अब विमानस्थल परीक्षण उडानको पर्खाइमा छ ।

Advertisement

विमानस्थल बिस्तार परियोजनाका अनुसार आगामी बुद्ध जयन्तीमा परीक्षण उडान गर्ने गरी तयारी भैरहेको छ । परीक्षण उडानका लागि प्राविधिक जनशक्तिलाई तालिम दिन अहिले अष्ट्रियाका प्राविधकिहरू भैरहवा विमानस्थलमै छन् । यस्तै थाइल्याण्डका प्राविधिकहरूले पनि भैरहवा विमानस्थलमा तालिम दिन थालेका छन् ।

Advertisement

परीक्षण उडान सकिएपछि मात्र प्राविधिकहरू फर्किने विमानस्थल विस्तार परियोजनाले जानकारी दिएको छ । परियोजना प्रमुख प्रवेश अधिकारीका अनुसार आइसिवी–१ र आइसिवी–२ अन्तर्गतका सबै काम सकिएकोले अब परीक्षण उडानका लागि विमानस्थल तयारी अवस्थामा छ । परीक्षण उडानको दिन नै आयोजना हस्तान्तरणको मिति तय गरिने अधिकारीले जानकारी दिए ।

परीक्षण उडान मिति भने नागरिक उड्डयन प्राधिकरणले तय गनुपर्ने हुन्छ । भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सन ग्रुपले पहिलो चरणको कामका लागि अन्तर्राष्ट्रिय बोलपत्र ९आइसिबी १० मा सम्झौता भएर १ माघ २०७१ देखि निर्माण सुरु गरेको थियो ।

आइसिवी–१ अन्तर्गत तीन हजार मिटर धावनमार्ग, चार वटा लिङ्क ट्याक्सी वे, पाँच वटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्न सक्ने क्षमताको पार्किङस्थल, टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण भवन, पानी ट्याङ्की, तारवार, नाला, पाँच सय कार अटाउने क्षमता भएको कार पार्किङ, विद्युतीय काम, टर्मिनल विल्डिङको उपकरणसहितको काम, ट्याक्सी वे लगायतका काम रहेका थिए जुन अहिले सबै सम्पन्न भई सकेका छन् ।

गौतमबुद्ध अन्तरर्राष्ट्रिय विमानस्थलमा तीन तहका काम सम्पन्न भएका छन् । पहिलो आइसिबी–१ अन्तर्गत ६ अर्ब ८२ करोडको । दोस्रो अन्र्तराष्ट्रिय आइसिवी–२ अन्तर्गत ५० करोडको काम र तेस्रो २२ अर्ब ४० करोडको मुआब्जा वितरण सम्पन्न भएको छ । त्यसका अतिरिक्त कार्गो निर्माणका लागि ९० करोडको काम भएको छ । यसरी आयोजनाको सबै काम जोड्दा ३० अर्बभन्दा बढीको लगानीमा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण भएको छ । यो रकममा नेपाल सरकारको ३७ दशमलब ४ र एडीबीको ६२ दशमलब ६ प्रतिशत लगानी रहेको छ ।

निर्माण सम्पन्न भईसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलले अहिले १२औं तहको महाप्रबन्धक समेत पाएको छ । महाप्रबन्धकको रुपमा गोविन्दप्रसाद दहाल भैरहवा विमानस्थल आइपुगेका छन् । विमानस्थल सञ्चालनको अन्तिम तयारीमा रहेको महाप्रबन्धक दहालले बताए । थाइल्याण्डबाट एरो थाईका प्राविधिकहरू अध्ययनका लागि आएको र उनीहरूको रिपोर्टपछि करिब एक महिनामा परीक्षण उडान हुनसक्ने दाहालको भनाइ छ ।

गौतमबुद्ध बिमानस्थलमा हाल ३४ जनाको दरबन्दी छ । अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार भैसकेपछि अब बिमानस्थलमा एक सय ५१ जना कर्मचारीको दरबन्दी हुने उनले जानकारी दिए । यसबाहेक सेवा प्रदायकले आपूर्ति गर्ने एक सय तीन जना, प्रहरी एक सय ६७ जना, मेट्रोलोजिष्ट १७ देखि २० जना, अध्यागमन, भन्सार, क्वारेन्टाइन लगायतका कर्मचारीको अवश्यकता हुन्छ ।

अध्यागमन, भन्सार, क्वारेन्टाइन र सुरक्षाबाहेक विमानस्थल सञ्चालनको लागि अहिले करिब २० जना थपिए अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनयोग्य हुने दहालले बताए । न्युज कारखाना

शनिबार, माघ १५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.