भरतपुर/ चितवन
भरतपुरमा हाइजेनिक मिट सेन्टर सञ्चालनमा अाएकाे छ । फेन्चाईज माेडलमा सञ्चालित सेन्टरको एक कार्यक्रमका विच भरतपुर महानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १० का अध्यक्ष अरूण पिडित भण्डारीले उद्घाटन गर्नुभएको हाे ।
सञ्चालनमा अाएकाे सेन्टरमा मासुका विभिन्न परिकार फेन्चाईज प्रविधिकमा उपलब्ध हुनेछन् । त्यहाँ खसि, कालिज, हाँस, ब्राेईलर, लाेकल कुखुरा, बट्टाई, टर्की, ससेज लगायतका फ्राेजन पाईन्छ ।साे मिट सेन्टरमा चितवनका युवा विजय कंडेल र विजय दाहालको संयुक्त लगानी रहेको छ ।
काठमाडौंकाे बालुवाटार, मण्डिखाटार, चपली र शान्तिनगरमा समेत ब्रान्च रहेको साे व्यवसाय हालै मात्र चितवनमा विस्तार भएको सञ्चालक विजय दाहालले जानकारी दिनुभयो ।३० लाख लगानी रहेको सेन्टरमा पुर्ण स्वस्थ्य परिकार सुपथ मुल्यमा पाईने दाहालले बताउनुभयो ।कंडेल र दाहालकै लगानीमा मुङ्ख भज्याङ्गमा ४२ राेपनीमा अर्गानिक कृषि फार्म सञ्चालनमा छ ।

