माघ १५, काठमाडौं ।आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार मनाङ मस्र्याङ्दी र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्दै छन्। खेल शनिबार दिउँसो २ बजेपछि पोखरा रंगशालामा हुने छ।
कोरोनाका कारण बिना दर्शक सञ्चालन भएको प्रतियोगितामा सेमिफाइनलबाट भने सीमित दर्शकलाई मात्र प्रवेश दिइएको छ।
Advertisement
पहिलो सेमिफाइनलमा मछिन्द्रलाई ३-१ ले हराउँदै एपीएफल फाइनल पुगेको हो। त्यस्तै दोस्रो सेमिफाइनलमा त्रिभूवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै मनाङले एपीएफसँगको भेट पक्का गरेको हो।
मनाङले अहिलेसम्म आहा रारा गोल्डकपको उपाधि ६ पटक जितिसकेको छ भने एपीएफले अहिलेसम्म जितेको छैन। प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार नगद प्राप्त गर्नेछ।


