चितवन, फाल्गुन १५।
नेपाल गणित समाज बाग्मति च्याप्टर कमिटीले एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। यसै शैक्षिक सत्र देखि लागु भएको कक्षा ११ को गणित विषयको नयाँ पाठ्यक्रम सम्बन्धि एक दिने गोष्ठी सम्पन्न गरेको हो। 
गोष्ठीमा चितवन, मकवानपुर, नवलपुर, तनहुँ, काठमाडौं आदि जिल्लाका करिब ६० शिक्षक, शिक्षिकाहरुको उपस्थिति रहेको थियो। गोष्ठीलाई एसोसिएट प्रोफेसर त्रिचन्द्र क्याम्पस डा. परमेश्वर कट्टेल, एसोसिएट सेन्ट्रल डिपार्टमेन्ट अफ म्याथम्याटिक्स कृतिपुर डा. सन्तोष घिमिरे र लेक्च्रर सेन्ट्रल डिपार्टमेन्ट कृतिपुर डा. जिवन काफ्ले सहजीकरण गर्नु भएको थियो।
नेपाल गणित समाज बाग्मति च्याप्टर कमिटीको सस्थापक अध्यक्ष प्राध्यापक दयाराम पौड्यालको प्रमुख आतिथ्यतामा बसेको गोष्ठीमा च्याप्टरका सह-सचिव डा. गंगाराम फाइजोले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रममा आर्थिक गतिविधि कोषाध्यक्ष विष्णु ढकालले राख्नु भएको थियो। वाल्मीकि शिक्षा सदनका सह-प्राचार्य दुर्गा घिमिरे, हिसान चितवनका अध्यक्ष भुपेन्द्र धिताल र प्रमुख अतिथि दयाराम पौड्यालले शुभकामना मन्तव्य राख्नु भएको थियो। साथै उक्त कार्यक्रम च्याप्टरका सचिव रमेश चन्द्र शर्माले संचालन गर्नु भएको थियो। कार्यक्रम वाल्मीकि शिक्षा सदनको हलमा सम्पन्न भएको हो।

