माघ १३, काठमाडौं ।गएराति भएको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै इजिप्ट अफ्रिका कप अफ नेशन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
निर्धारित ९० मिनेट र अतिरिक्त समयमा गोलरहित बराबरी खेलेपछि भएको पेनाल्टी सुट आउटमा आइभरी कोस्ट ५–४ गोल अन्तरले पराजित भएको हो। यो जितसँगै इजिप्ट अन्तिम आठमा पुगेको छ।
Advertisement
निर्धारित र अतिरिक्त समयमा गोल हुन नसकेपछि भएको पेनाल्टीमा इजिप्टका मोहमद सलाह, जिजो, अमर एल सोलिया, ओमार कमाल र मोहमद अब्देलले गोल गरे।
आइभरी कोस्टका निकोलस पेपे, इब्राहिम सांगारे, म्याकस्वेल कर्नेट र विलफ्रेड जाहाले गोल गर्दा एरिक बाइ पेनाल्टीमा चुके। एरिक पेनाल्टीमा चुक्नु नै आइभरी कोस्टका लागि घातक बन्यो। अब इजिप्टको भेट मोरक्कोसँग हुनेछ।


