• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, कार्तिक १४, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

लोकप्रिय समाचार

  • १. स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २. हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

युवा संघ र अखिल चितवनले बुझाए ज्ञापनपत्र, स्थानीय निर्वाचन सारे आन्दोलनमा उत्रने चेतावनी

माघ १२, चितवन ।नेकपा एमाले निकट राष्ट्रिय युवा संघ–नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन चितवनले विभिन्न माग राख्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

Advertisement

चितवनका प्रमुख जिल्ला अधिकारीमार्फत् उनीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।ज्ञापनपत्रमा नेपालको संविधान–२०७२ ले स्थानीय तह जनप्रतिनिधि विहीनको परिकल्पना समेत नगरेको अवस्थामा २०७९ वैशाख महिनामै हुनुपर्ने स्थानीय तहको निर्वाचनलाई संविधानको मर्म र भावना विपरीत कुत्सित मनसायबाट सार्ने चलखेल भइरहेको भन्दै विरोध गरिएको छ । समयमै निर्वाचन गर्न दुई संगठनले माग पनि गरेका छन् ।

Advertisement

त्यसैगरी ज्ञापनपत्रमा नेपाल सरकारकै बहालवाला जिम्मेवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवम् जसपाकी नेतृ रेणुकुमारी यादबबाट माघ ५ गते रौतहटको गौरमा आयोजित खुला सभामा हत्या, हिंसा र अराजकता फैलाउने गरी दिएको अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाइएको छ । यस प्रकारका अराजक र गैह्र जिम्मेवार मन्त्रीलाई गरिमामय पदमा बसिरहन अयोग्य ठहर गरी तत्काल मन्त्री पदबाट बर्खास्त गर्न पनि युवासंघ र विद्यार्थी संगठनको माग छ ।

अहिले दार्चुलाको सदरमुकाम खलंगा पारीपट्टी महाकाली नदीको बहाब नै परिवर्तन हुने गरी एकपक्षीय हिसाबबाट भारतले बाँध निर्माण गर्ने र लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायतको भूभागमा सडक निर्माण गर्दा पनी सरकारका तर्फबाट कुनै आधिकारिक धारणा सार्वजनिक नगर्नु लज्जास्पद र खेदजन्य भएको ज्ञापनपत्रमा उल्लेख छ । त्यसैगरी युवा संघ र अनेरास्ववियुले ज्ञापनपत्रमा नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थमा भएको अस्वभाविक मूल्यवृद्धिबाट जनस्तरमा पर्ने प्रतिकुल असरलाई ध्यानमा राख्दै मूल्यबृद्धिको निर्णय तत्काल फिर्ताको माग पनि राखिएको छ ।

देश अहिले कोभिड भाइरसको चपेटाबाट उम्कन नसकिरहेको परिप्रेक्षमा जनता सिटामोल जस्तो सामान्य औषधि समेतको अभावमा मृत्युवरण गर्न बाध्य हुने परिस्थिति सृजना भएका भन्दै ज्ञापनपत्रमा यस्तो अवस्थामा समेत जनताको स्वास्थ्य र जीवनप्रति सरकारले खेलवाड गरेको उल्लेख छ । राष्ट्रिय युवा संघ चितवन जिल्ला संयोजक शंकर अधिकारी र अनेरास्ववियु जिल्ला संयोजक प्रकाश आचार्यले संयुक्तरुपमा हस्ताक्षर गरेको ज्ञापनपत्रमा मागहरुप्रति बेवास्ता गरेमा कडा भन्दा कडा आन्दोलनका कार्यक्रमहरु अघि बढाउन बाध्य हुने चेतावनी पनि दिइएको छ ।

बुधबार, माघ १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक
स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै
निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

लोकप्रिय

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २.

  • ३.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • ४.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ५.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ६.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ७.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ८.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.