• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

चितवन जिल्ला लिग : दुबै टिम पहिलो पटक उपाधि जित्ने लक्ष्यमा


चितवन – सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगको उपाधि भिडन्त बुधबार हुँदैछ । उपाधिका लागि केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) र सेन्ट्रल कलेज एभरेष्ट क्लब चितवन भिड्नेछन् ।

Advertisement

दुबै टोली उपाधि जित्दै ईतिहास रच्ने दाउमा छन् । दुबै टोलीले अहिलेसम्म जिल्ला लिग जित्न सकेको छैन । बिएफसी पहिलो पटक जिल्ला लिगको फाइनल खेल्दैछ । जिल्ला लिगमा बिएफसी यस अघि समूह चरण भन्दा माथि पुग्न सकेको थिएन ।

Advertisement

आज (मंगलबार) आयोजित प्री म्याच कन्फिरेन्समा बोल्दै बिएफसीका मुख्य प्रशिक्षक धुर्ब भुसालयस अघि पहिलो पटकको फाइनल भिडन्तमा नै बिजेता बन्ने लक्ष्यका साथ मैदान उत्रिने बताए । समूह चरणमा गरेको शशक्त प्रदर्शनलाई फाइनलमा पनि निरन्तरता दिने उनले बताए । उपाधि जित्नका लागि टिमले निकै मेहेनत गरेको उनको भनाइ थियो ।

टिमको सबै खेलाडी फाइनलका लागि फिट रहेको उनले बताए । फर्वाड राज भुसालको फिटनेस बारे सोधिएको प्रश्नमा प्रशिक्षक भुसालले फाइनलका लागि उनी फिट हुने बताए । उनी टिमका लागि निकै महत्वपूर्ण खेलाडी भएकोले सुरुवाती ११ मा नै मैदान उत्रिने भुसालले बताए । सुरुवाती ११ मा भोलि केही परिवर्तन हुन सक्ने समेत उनले बताए । फरक प्रसँगमा यस पटकको जिल्ला लिगको व्यवस्थापन अहिलेसम्मकै उत्कृष्ट भएको उनको भनाइ थियो ।

बिएसीका कप्तान सन्दीप सेन्चुरीले टिमका सबै अनुभवि खेलाडी आफुहरुको बलियो पक्ष भएको बताए । उनले सुरुवाती ११ मा खेल्ने सबै खेलाडी महत्वपूर्ण भएको प्रतिक्रिया दिए । पहिलो पटक फाइनल खेल्दाको दबाब कत्तिको छ भने प्रश्नमा उनले भने, “त्यती धेरै दबाब छैन । बरु अवसरको रुपमा लिएका छौं । हामी जित्नका लागि खेल्छौ ।”

एभरेष्टका कप्तान मनिष आले मगरले लिग जित्नु नै आफुहरुको मुख्य लक्ष्य भएको बताए । एभरेष्ट चौथो पटक लिगको फाइनलमा प्रवेश गरेको हो । यस अघिका तीन संस्करणमा फाइनल पुगे पनि एभरेष्टले उपाधि जित्न सकेको छैन । एभरेष्ट तिनै पटक फाइनलमा नारायणगढ फुटबल क्लबसँग पराजित भएको थियो ।

तीन पटकसम्म फाइनलमा व्यहोरेको हारको श्रिखंला यसपटक टुङ्गाउने लक्ष्यका साथ मैदान उत्रिने उनले बताए । “यस पटक लिग जित्ने बाहेक अरु हामीले सोचेकै छैनौं । यस अघि हामी तीन पटकसम्म फाइनल पुगेर हारेका छौं, उनले भने, यो हाम्रो मात्रै सपना होइन, सिनियर दाईहरुको पनि सपना हो । सबैको सपना हामीले पुरा गर्नुछ ।”

टिमवर्क आफुहरुको बलियो पक्ष भएको उनको भनाइ थियो । दुबै टिम बलियो भएको भन्दै लिग जित्नु नै आफुहरुको एक मात्र लक्ष्य भएको उनले बताए । फर्वाडद्धय आशिष गजुरेल र रोशन क्षेत्रीबाट टिमले ठूलो अपेक्षा गरेको उनले बताए । 

चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्की र महासचिव रामहरी ढकालले दुबै टिमलाई जितको शुभकामना दिए । फाइनल पुगेका दुबै टिम बलियो भएको भन्दै खेल प्रतिस्पर्धात्मक हुने उनीहरुको भनाइ थियो । यसपटक जिल्ला लिगको व्यवस्थापकिय पक्षमा धेरै नयाँ प्रयोग गरिएको महासचिव ढकालले बताए । 

फाइनल भोलि दिउँसो १ बजे हुनेछ । लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५-२५ बजार प्राप्त गर्नेछ । एक टोलीले फेयर प्ले अवार्ड पाउनेछ ।

लिग भरको सर्वोकृष्ट खेलाडीले गोल्डेन बल अवार्ड, सर्वाधिक गोलकर्ताले गोल्डेन बुट र सर्वोकृष्ट गोलकिपरले गोल्डेन ग्लोभ्ससहित समान पाँच-पाँच हजार प्राप्त गर्नेछ ।

यस्तो छ दुबै टिमको अहिलेसम्मको प्रदर्शन

फाइनलमा पुगेका बिएफसी र एभरेष्ट दुबै टोली आ-आफ्नो समूहबाट बिजेता भन्दै अघि बढेका हुन् । बिएफसी समूह ‘ए’ को बिजेता हो भने एभरेष्ट समूह ‘बी’ को बिजेता हो । लिगमा दुबै टोलीले सानदार सुरुवात गरेको थियो ।

बिएफसीले लिगको पहिलो खेलमा नै नारायणगढ फुटबल क्लब एनएफसीलाई ४-० ले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । बिएफसीले समूह चरणका ६ मध्ये पाँच खेलमा जित हात पारेको थियो । सौराहासँग भने बिएफसी ३-२ ले पराजित भएको थियो । सेमिफाइनलमा रामपुर फुटबल क्लब रड्सलाई ५-३ ले पराजित गर्दै बिएफसी फाइनलमा प्रवेश गरेको हो । लिगमा अहिलेसम्म १९ गोल गरेको बिएफसीले ६ गोल मात्रै खाएको छ । 

उता एभरेष्टले लिगको पहिलो खेलमा नारायणी एफसीलाई ४-१ ले पराजित गरेको थियो । एभरेष्टले समूह चरणका पाँच मध्ये चार खेलमा जित हात पारेको थियो । एक खेलमा भने एभरेष्ट पराजित भएको थियो ।

एभरेष्ट समूह चरणमा बगान यात्रा ग्रुपसँग १-० ले पराजित भएको थियो । सेमिफाइनलमा एभरेष्टले समूह ‘ए’ को उपबिजेता सौराह युवा समाजलाई टाईब्रेकरमा ४-३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । लिगमा अहिलेसम्म १६ गोल गरेको एभरेष्टले ६ गोल खाएको छ ।

मङ्गलबार, माघ ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.