• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
सोमबार, भदौ २९, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • १०. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

सात लाख पर्ने एप्रोन खरिदमा ४६ लाख खर्च भएको सुदूरपश्चिम कृषि मन्त्रालयको दाबी


माघ ०८, काठमाडौं ।सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक अनियमितता गरेको भन्दै प्रदेशको सार्वजनिक लेखा समितिले कारवाही प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयले गत आर्थिक वर्ष ०७७/७८ मा सार्वजनिक खरिद ऐनको समेत विपरीत हुने गरी बजार मूल्य बढीमा १६० रुपैयाँ पर्ने डिस्पोजल एप्रोन १०३८ रुपैयाँका दरले खरिद गरेको पाइएपछि छानबिन गरेर कारवाही प्रक्रिया अगाडि बढाएको सार्वजनिक लेखा समितिले जनाएको छ ।

Advertisement

सार्वजनिक लेखा समितिकी संयोजक नन्दा बमकाअनुसार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गत वर्ष १०३८ रुपैयाँका दरले ४५०० थान डिस्पोजल एप्रोन खरिद गरिएको थियो । जसअनुसार मन्त्रालयले भ्याट बाहेक ४६ लाख ७१ हजार रुपैयाँ आपूर्तिकर्ता जिएच मेडिहेल्थ कनसर्न प्रालि, भक्तपुरलाई भुक्तानी दिएको देखिन्छ ।

Advertisement

तर, संयोजक बमका भनाइमा सार्वजनिक लेखा समितिले अध्ययन गरेअनुसार मन्त्रालयले १०३८ रुपैयाँका दरले खरिद गरेको एप्रोनको बजार मूल्य १५० देखि बढीमा १६० रहेको छ । १६० रुपैयाँकै दरलाई आधार मान्दा पनि ४५०० थान एप्रोन मन्त्रालयले सात लाख २० हजारमा खरिद गर्न सक्ने उनी बताउँछिन् ।

‘अझ सार्वजनिक निकायले कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा आपूर्तिकर्ताबीच घटाघटमा प्रतिस्पर्धा गराउनुपर्ने सार्वजनिक खरिद ऐनको व्यवस्थालाई आधार मान्ने हो भने यो एप्रोन त्यो भन्दा पनि कम मूल्यमा खरिद गरिनुपर्ने हो’, बमले अनलाइनखबरसँग भनिन्, ‘तर, आर्थिक अनियमितता गर्ने उद्देश्यले बजार मूल्यभन्दा ६ गुणा बढी मूल्यहालेर खरिद गरेको हामीले पाएका छौँ ।’

सार्वजनिक लेखा समितिको शुक्रबार बसेको बैठकले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले एप्रोनलगायत समाग्री खरिदमा खरिद ऐनसमेत मिचेर आर्थिक अनियमितता गरेको भन्दै कारवाहीका लागि सम्बद्ध निकायलाई लेखी पठाउने निर्णय गरेको छ ।

‘हामीले कारवाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउने निर्णय गरेका छौँ,’बमले भनिन्, ‘प्रदेश सरकार, प्रदेशसभा, अख्तियार दुरुपयोग अनुसन्धानआयोगलगायत निकायमा पठाउछौँ ।’

खरिद प्रक्रियामा शुरुदेखि नै गोलमाल

सार्वजनिक लेखा समितिले गरेको छानबिनका क्रममा मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ मा वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत खर्च शीर्षक नम्बर २२५२२ मा चार करोड रुपैयाँ बजेट राखेको थियो । उक्त रकमलाई मन्त्रीस्तरीय निर्णयबाट बाँडफाँड गरेको देखिन्छ ।

गतवर्षको २० असोजमा मन्त्रालयले लागतअनुमान स्वीकृत गर्दै बोलपत्रआह्वान गरेकोमा बोलपत्र खोल्दा गरिएको मुचुल्कामा भने कात्तिक २ गते सूचना प्रकाशित गरेको भनी उल्लेख छ । तर, जब मन्त्रालयले मंसिर ४ गते टिप्पणी उठाउँदा असोज २ गते प्रकाशित सूचनाभनेर उल्लेख गरेको पाइएको लेखा समितिको भनाइ छ । मन्त्रालयले प्रकाशित बोलपत्रको प्रतिलिपी माग गर्दासमेत उपलब्ध नगराएकाले कुन मितिमा प्रकाशित भएको थियो ? वा प्रकाशित गरेको थियो कि थिएन? भन्ने कुरा अन्योलपूर्ण छ ।

पहिलो पटक प्रकाशित सूचनाअनुसार टेण्डर नपरेपछि मन्त्रालयले १५ दिने सूचना पुनः मंसिर ४ गते प्रकाशित गरेअनुसार बोलपत्र १९ मंसिरमा खोल्नुपर्नेमा १८ गते नै खोलिएको पाइएको लेखा समितिले जनाएको छ । १५ दिने सूचना प्रकाशित गरेको भनिए पनि मन्त्रालयले ७ दिने सूचनाको दफा प्रयोग गरेको पाइएको दाबी गरिएको छ । अर्कोतर्फ मूल्याङकन समितिले सार्वजनिक खरिद ऐन २०६३ को दफा २५(८) तथा नियमावली २०६४ को नियम ६६ बमोजिम प्रतिवेदनसमेत बुझाएको नदेखिएको लेखा समितिको ठहर छ ।

मन्त्रालयले एप्रोन खरिदका लागि थालेको प्रक्रिया नै त्रुटिपूर्ण भएको ठहर गर्दै सार्वजनिक लेखा समितिले कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने जनाएको छ । । एप्रोन खरिदको विषयमा बुझ्न मन्त्रालयका सचिव धामी, प्रवक्ता गोकुलप्रसाद बोहरालगायतसँग सम्पर्क गर्दा उनीहरू सम्पर्कमा आएनन् । तर, लेखा समितिले भने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिनिता चौधरी, सचिव मदनसिंह धामी र सम्बन्धित अन्य कर्मचारीहरूलाई बोलाएर सोधपुछसमेत गरिएको थियो, तर चित्तबुझ्दो जवाफ प्राप्त हुन नसकेको जनाएको छ ।

शनिबार, माघ ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.