माघ ०३, काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। आज बिहान गरिएको परीक्षणमा उहाँलाई कोरोना पोजेटिभ देखिएको उहाँकाे सचिवालयले जनाएकाे हाे।
उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र हाेम आइसोलेशनमा बस्नुभएको प्रेस संयोजक विमल विष्टले जानकारी दिनुभयो। आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना सङ्क्रमण भएको छ ।
Advertisement
मन्त्री आलेको सचिवालयले केही दिनयता मन्त्री तथा स्वकीय सचिवसँग सम्पर्कमा आएका सबै नागरिकलाई सतर्कता अपनाउन र कोरोना जाँच गर्न आग्रह गरेको छ।

