माघ ०२ ,चितवन ।चितवनमा पछिल्लो चौबिस घण्टामा ५४ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार यो संगै चितवनमा कोरोना संक्रमितको संख्या २७ हजार ८७८ पुगेको हो ।
चितवनमा केही दिन देखी कोरोना संक्रमितको संख्या बढे संगै । सक्रिय संक्रमित उकालो लाग्दइ गएको छ । आज जिल्लाभर सक्रिय संक्रमितको संख्या ६४४ पुगेको छ । सक्रिय संक्रमित मध्ये आज १८ जना अस्पतामा उपचाररत छन् भने ६२६ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै चितवनमा आज ५ जना कोरोनामुक्त भएका छन् । यस सँगै चितवनमा कोरोनामुक्त हुनेको संख्या २६ हजार ९७ पुगेको छ ।
Advertisement


