चितवन, पौस ३०।
नयाँ सामुदायिक उपभोक्ता सहकारी संस्था लि. द्वारा सञ्चालित हुन लागेको ” सामुदायिक मार्ट” यहीँ माघ ३ गतेबाट संचालन हुने भएको छ।
सहकारी सदस्यहरुको आफ्नै लगानि र ब्यवस्थापनमा समुदायहरुका लागी दैनिक आवश्यक पर्ने उपभोग्य वस्तुहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराउने उदेश्यका साथ चितवनको मुख्य केन्द्रमा रहेको भरतपुर स्थिति हाकिम चोक देखी पश्चिम-दक्षिण मालिका चोकमा रहेको मालिका भवनमा “सामुदायिक मार्ट” सञ्चालनमा आउने भएको हो। 
उक्त मार्ट चितवन जिल्लाभर कार्यक्षेत्र रहेको जिल्लाकै सहकारी संस्थाबाट संचालन गरिएको पहिलो सामुदायिक मार्ट हो। संस्थामा रहेका ११०० सदस्य र चुक्ता शेयरपूजीँ रु १ करोड जम्मा गरि मार्ट संचालन हुने भएको हो।
उपभोक्ता लाई गुणस्तरीय,मिसावटरियुक्त वस्तुहरु बिक्री वितरण गर्ने सोचका साथ समुदायले समुदायका लागि हुने गरि यो मार्ट संचालनमा आउन लागेको सहकारीका सल्लाहकार संयोजक बिनोद खण्ड तिमिल्सिनाले जानकारी गराए।
पत्रकार सम्मेलनमा सहकारीका अध्यक्ष दिब्य बाबु नेपालले उपभोक्ताले दैनिक उपभोग गर्ने सामानहरु सामुदायिक मार्टले सुपथ मुल्यमामा बिक्री गर्ने बताएका थिए। सथै नेपालले माघ ३ गतेदेखि १० गतेसम्म मार्टमा आइ सामान खरिद गर्ने ग्राहकहरुले विशेष छुट समेत पाउने जानकारी दिए। 
सहकारीको शेयर सदस्यमा रहनु भएका बृद्ध बुवा/आमाबाट उद्घाटन गरिने “सामुदायिक मार्ट” अवलोकन गर्न र दैनिक रुपमा आवश्यक पर्ने उपभोग्य वस्तुहरु खरिद गर्न नयाँ सामुदायिक उपभोक्ता सहकारी संस्थाले सम्पूर्ण ग्राहकवर्गहरुलाई निमन्त्रणा गरेको छ

