• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • ९. १० दिन म्याद थपेर लेखा अधिकृतसहित दुई आरोपीविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान

  • १०. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

गाउँघरबाटै हराउँदै ढुंगामाटाेले बनेका तथा खरले छाएका परम्परागत घर


पौष २४, काठमाडौं ।गाउँमा छँदा ढुंगामाटोले बनाइएको, खरले छाइएको घरमा २५ वर्षको उमेरसम्म बस्नुभयो, लमजुङका कृष्णकान्त खनाल । अहिले सरिया सिमेन्टकाे पक्की घर छ । विगतमा उहाँको मात्र नभई प्रायः गाउँका सबै घर ढुंगामाटाले बनाइएका हुन्थे । घर, धन्सार खरले छाइएका हुन्थे ।

Advertisement

उहाँका अनुसार विगत दुई दशक अघिको समयमा ढुंगामाटाले, खरले छाइएका घरमा मानिसहरु बस्दथे । गाउँमा थुप्रै घुमाउने घरहरु हुन्थे/देखिन्थे । ढुंगामाटाले बनेका, खरले छाइएका घुमाउने घरमा मानिसहरु बसोबास गर्दथे । तर समयको परिवर्तनसँगै अहिले गाउँघरमा घरले छाइएका घर, धन्सार र घुमाउने घरहरु देख्नै मुश्किल पर्छ । कहिँकतै मात्रै खरले छाइएका घर, घुमाउने घरहरु देखिन्छ ।

Advertisement

पछिल्लो समय खरले छाइएका घर, घुमाउने घर गाउँघरमै देख्न मुश्किल पर्ने गरेको खनालले बताउनुभयो । ‘खरले छाइएको घर, घुमाउने घर हराइसके । यस्ता घरमा मानिस बसोबास गर्ने चलन त लगभग हराइसक्यो,’ उहाँले भन्नुभयो । उहाँका अनुसार विगतमा गाउँमा रहेका धेरैको आर्थिक अवस्था कमजोर थियो । स्थानीय श्रोत साधनकै उपयोग गरी घर बनाउने, बस्ने चलन थियो । तर अहिले आर्थिक रुपमा मानिस सम्पन्न हुँदै गए । पक्की घर लगाउन थाले ।

‘गाउँघरमा सजिलै पाइने बाँसको भाँटा, चोया, खरले ढुंगामाटाले बनाइएका घरमा बस्ने चलन थियो । गाउँमा खरले घर, धन्सार छाउने सीप भएका मानिस हुन्थे । अहिले त खरले छाइएका घर र घर छाउने सीप भएका मानिस पाउनै  मुश्किल छ,’ ७३ वर्षे कृष्णकान्त खनालले भन्नुभयो ।

परम्परागतभन्दा आधुनिक घर बनाउन सहज हुने भएकाले पनि पक्की घर निर्माणका साथै घरका छानो जस्ताले छाउने चलन बढ्दो रहेको उहाँले बताउनुभयो । ‘राम्रो देखिएतापनि आगालागीको खतरा हुने,  भएकाले खरका घर विस्थापित हुँदै गएका छन्,’ उहाँले भन्नुभयो ।

पछिल्लो समय ग्रामीण क्षेत्रमा सडकको पहुँच पुगेसँगै पक्की घर निर्माणका साथै जस्तापाताले घर टल्काउने प्रवृत्ति बढ्दै गएकाे र परम्परागत खरले छाइएको घर, घुमाउने घर हराउँदै गएको पुरानो पुस्ताको बुझाइ छ ।

ढुंगामाटाको गारो । खरले छाइएको छानो । रातो माटो, सेतो कमेरो र कालीमाटीले रंग्याइएका, सजाइएका घरले धेरैको मन, ध्यान खिच्थ्यो । वास्तविक ग्रामीण परिवेश झल्कन्थ्यो । अहिले त्यस्ता घरहरु देख्नै धौ/धौ हुन्छ ।

खरले छाइएका घर लाभदायक 

खरले छाइएका घरमा बस्न जाडो गर्मी दुवैमा अनुकुल हुने खनालकाे अनुभवले बताउँछ । ‘खरले छाइएका घर त जाडोमा न्यानो, गर्मीमा शितल हुन्छ । खरले छाइएका घर स्वास्थ्यका दृष्टिकोणले निकै लाभदायक हुन्छ’, उहाँ भन्नुहुन्छ ‘जस्ताले छाइएका घरमा गर्मीमा तातो, चिसोमा झनै चिसो हुन्छ, गाह्रो हुन्छ ।’

विगतमा गाउँमा छाउनेले खरले घर छाएको पैसा नलिने र सामाजिक भावले सहयोग गर्ने प्रचनल रहेको दोर्दी गाउँपालिका–१, भारते सिरुबारीका हरिप्रसाद अधिकारीले बताउनुभयो ।

‘विगतमा सामाजिक भावले सहयोग गर्ने चलन त थियो । सीप हुनेले बिना ज्याला खरले घर छाइदिन्थे । गाउँले परिवेश निकै मिठास थियो । घरधनीले गच्छे अनुसार मिठो खाजा खुवाउने चलन थियो । घर धनीले घर छाउनेलाई रोटी, तरकारी खुवाउने प्रचलन थियो,’ अधिकारीले भन्नुभयो ।

पछिल्ला पुस्ताका मानिस उज्याला, फराकिला र सुविधासम्पन्न घरमा बस्न रुचाउने भएकाले पनि खरले छाइएको घर, परम्परागत घुमाउने घरहरु हराउँदै गएका उहाँले बताउनुभयो ।

लमजुङको मध्यनेपाल नगरपालिकाकाे बेतेनी गाउँमा पछिल्लो समय हराउँदै गएको खरले छाइएका घर देख्दा निकै रमाइलो लागेकोे सुन्दरबजार नगरपालिका–६ का विजयराज पौडेलले बताउनुभयो ।

‘यस्तो घर अचेल देख्नै पाइदैँन । कार्यालयको कामले जाने क्रममा लमजुङको बेतेनीगाउँमा एउटामात्रै खरले छाइएको, रातो माटो, कमेरोले लिपेको घर देख्दा पनि निकै रमाइलो लाग्यो । बाल्यकालमा आफु जन्मे, हुर्केको खरले छाइएको घरको निकै नै याद आयो,’ कृषि ज्ञान केन्द्र, लमजुङमा कार्यरत पौडेलले भन्नुभयो ।

यस्ता गाउँले परिवेश, नेपाली मौलिक संस्कृतिसँग गाँसिएका तमाम परम्परागत एवं ऐतिहासिक सांस्कृतिक महत्वका घर, सम्पदाको जगेर्ना गर्नु उत्तिकै आवश्यक रहेको संस्कृतिप्रेमीहरु बताउँछन् ।

शनिबार, पुष २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.