• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

भरतपुरमा नेपालकै सबैभन्दा लामो महानगरीय रिङरोड बन्ने, आठ अर्ब २० करोड लागत लाग्ने


पौष २१, चितवन।जनप्रतिनिधि आएसँगै भरतपुर महानगरपालिकाले विगत चार वर्ष ६ महिनामा विकासका पूर्वाधारसँगै अन्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, महिला, बालबालिका, कानुन निर्माणलगायतका क्षेत्रमा महत्वपूर्ण काम भएको महानगरको ठहर छ । महानगरपालिकाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय तहमा सबैभन्दा बढी काम गर्न सफल भएको दाबी गरेको छ ।

Advertisement

उपमहानगरपालिका, नगरपालिका र गाउँ विकास समिति मिलाएर बनेको भरतपुर महानगरपालिकाले जनप्रतिनिधिसँगै पूर्वाधारका क्षेत्रको विकासमा प्राथमिकता पाएको हो । चितवन क्षेत्र नं २ र ३ का वडा महानगरपालिका भित्रपर्दछ । महानगरपालिकाभित्र बन्दै गरेको सिटिहल, पुलचोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक, महानगरको रिङ्रोड, लिङक रोड, अन्य सडक कालोपत्र, नारायणी नदी किनारको विकास, खानेपानी, नारायणी नदी तटबन्धजस्ता विकासका काम यहाँ भएका छन् ।

Advertisement

शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, खेलकूद, यातायात, विद्युतीकरण, महिला तथा बालबालिका लगायतका क्षेत्रमा महानगरले ध्यान दिएको छ । महानगर प्रमुख रेनु दाहालका अनुसार विगत चार वर्षको अवधिमा ६१० किलोमिटर सडक कालोपत्र तथा ४५० किलोमिटर सडकमा ग्राभेल गरिएको छ । यो स्थानीय तहमा भएको सबैभन्दा बढी रहेको उहाँको भनाइ छ ।

सङ्घीय सरकारको सहयोग तथा महानगरपालिकाको पहलमा नेपालकै सबैभन्दा लामो ८८.६ कि.मी. महानगरीय रिङरोड रु आठ अर्ब २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनसहित विस्तृत परियोजना प्रतिवेदन तयार भई सघन सहरी विकासबाट १० किमि., प्रदेश सरकारबाट ८.५५ किलोमिटर, सडक विभागबाट १२ किलोमिटर र महानगरबाट १० किलोमिटर गरी जम्मा ४०.५५ किलोमिटर रिङरोड निर्माणाधीन अवस्थामा रहको उहाँले जानकारी दिनुभयो ।

पुलचोकदेखि गोन्द्राङसम्म हरियाली सहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्र्याक निर्माणको लागि रु एक अर्ब ९८ करोड ७३ लाखको लागतमा तीव्रगतिमा काम भइरहेको छ । साथै बाइपास ४ लेन सडक विस्तार एवं सतह ढल निर्माणको कार्य पनि अघि बढिरहको उहाँको भनाइ छ । यसैगरी हुलाकी सडकको १९ किलोमिटर विस्तार एवं स्तरोन्नति र भरतपुर –मेघौली–गोलाघाट (सहायक राजमार्ग) खण्डको ८ किलोमिटर सडक निर्माणाधीन अवस्थामा रहेको बताइएको छ । भरतपुर महानगरपालिका वडा नं ३ मा सार्वजनिक निजी साझेदारीविधि (पिपिपि) मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजाको सम्झौता भई कार्य प्रारम्भ भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा–सम्मेलन गर्न र यसमार्फत पर्यटकीय आर्थिक गतिवधिमा बढोत्तरी ल्याउन सिटी हल बनाउने कार्य अनुरुप महानगरपालिकाको पहल एवं सहरी विकास मन्त्रालयबाट रु एक अर्ब ८५ करोडको लागतमा सिटी हल निर्माण कार्य द्रुतगतिमा अघि बढेको प्रमुख दाहालले जनाकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय बसपार्कको स्तरोन्नति, शारदानगर, जखडिमाई, दिव्यनगर, पार्वतीपुर, मेघौली र धनगढा खानेपानी आयोजना महानगरभित्रका महत्वपूर्ण आयोजना हुन । महानगरभित्र जनप्रतिनिधि आएसँगै रु चार अर्ब भन्दा बढीका खानेपानी आयोजना निर्माण सम्पन्न र निर्माणाधीन अवस्थामा रहेका छन् ।

भरतपुर महानगरपालिका–३ स्थित नगरवनको सानो मजुवामा करिब रु एक अर्ब ३५ करोडको लागत अनुमान रहेको अटोल्याण्ड निर्माणको प्रक्रिया अघि बढाइएको छ । महानगरपालिका– २१ र वडा नं २० मा लघु औद्योगिक ग्राम निर्माणको कार्य पनि अगाडि बढेको छ । नारायणी नदी किनारलाई सामुन्द्रिक तटीय मोडेलमा विकास गरी स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गरेर आर्थिक क्रियाकलापमा वृद्धि गर्ने प्रयोजनका लागि गुरुयोजना अनुसार रु २९ करोड लागतमध्ये महानगरपालिकाले रु ९७ लाखको लगानीमा एक किलोमिटर वाकिङ ट्रेल निर्माण कार्यसम्पन्न गरेको छ ।

त्यस्तै, अन्य कामको लागि पर्यटन विभागबाट रु सात करोडको बोलपत्र भई कार्य अघि बढेको महानगरपालिकाले जनाएको छ । महानगरका पर्यटकीय गन्तव्य जोड्ने गरी ६ रात ७ दिनको टुर प्याकेज घोषणा गरिएको छ । भरतपुर अस्पतालमा रु पाँच करोड ७५ लाखको लागतमा सुविधा सम्पन्न बिरामी कुरुवा घर, भरतपुर–१४ को शिवनगर स्वास्थ्य केन्द्रमा एक्स–रे सेवासहित १५ शय्याको अस्पताल र शारदानगर स्वास्थ्यचौकीमा १५ शय्या क्षमताको कोभिड अस्पताल स्थापना गरी सञ्चालन गरिएकोमा सोको क्षमता विस्तार गरी नगरस्तरीय अस्पतालको रुपमा स्तरोन्नति गरिँदै छ । एक सय शय्याको आयुर्वेद अस्पताल स्थापनाका लागि प्रक्रिया अघि बढाएको छ ।

महानगरले ३०० शय्याको शिक्षक अस्पताल यही निर्माणका लागि पहल थालेको छ । महानगरभित्र ४० वटा स्वास्थ्य संस्था स्थापना गरी सेवा प्रवाह गरिएको छ । फोहरमैलाको दिगो व्यवस्थापनका लागि कोरियन सरकारको सहयोगमा विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको छ । रु एक अर्ब २५ करोड लागतमा यही पुस महिनाभित्र सम्झौतामार्फत वैज्ञानिक फोहर व्यवस्थापनको कार्य थालनी हुने प्रमुख दाहालले जानकारी दिनुभयो ।

महानगरपालिकाभित्र लक्ष्मीनारायण मन्दिर, पहँुच मार्गसहितको रानीपोखरी पार्क रु २५ करोड ५ लाख ९८ हजारमा ठेक्का सम्झौता भई काम अगाडि बढी सम्पन्न हुने चरणामा छ । साथै खुल्ला जिमखाना, हरियाली प्रवद्र्ध्नलगायतका वातावरण संरक्षण र सहरी सौन्दर्यीकरणको काम सघन रुपमा अघि बढेको महानगरपालिकाले जनाएको छ । त्यस्तै महानगरपालिकाभित्र स्मार्ट सडक बत्ती योजना तथा १९ किलोमिटर भूमिगत विद्युत्लाइन विस्तारको कार्य नेपाल विद्युत् प्राधिकरण तथा महानगरपालिकाको साझेदारीमा अघि बढेको छ भने ३० किलोमटिर सडकमा स्मार्ट स्ट्रिट लाइट जडानको काम सुरु भएको छ ।

महानगरभित्र जनप्रतिनिधि आएसँगै १३ वटा वडा कार्यालय निर्माण सम्पन्न, ६ वटा वडा कार्यालयको तला थप गरिएको छ भने बाँकी सबै वडा कार्यालयको मर्मत र स्तरोन्नति गरी सेवा प्रवाहलाई प्रभावकारी तथा प्रविधियुक्त बनाइएको छ । महानगरपलिकाले अम्ब्रेला स्ट्रिट भ्यू प्वाइन्ट निर्माण गरी आन्तरिक पर्यटन प्रवद्र्धनको काम गरिरहेको छ । गोलाघाट र चौकी डाँडामा भ्यू टावर निर्माणको काम सुरु भएको छ । देवघाटमा रु नौ करोड ९० लाखको लागतमा अत्याधुनिक शवदाहगृह निर्माणाधीन अवस्थामा छ ।

महानगरपालिकाको पहलमा धुर्मुश–सुन्तली फाउण्डेसनले यहाँ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गरेकामा हाल काम रोकिएको छ । यसलाई सम्पन्न गर्न महानगरले अग्रसरता लिएर सङ्घ र प्रदेश सरकारसँग छलफल भइरहेको प्रमुख दाहालको भनाइ छ । महानगरकै अगुवाइमा छलफलपछि भरतपुर विमानस्थल विस्तारको प्रक्रिया अघि बढेको छ ।

महानगरले भरतपुर अस्पतालमा महिला ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकालाई निःशुल्क ओपिडि टिकटको व्यवस्था, सुत्केरी हुने महिलाका लागि दूरीका आधारमा बढीमा रु दुई हजार पाउने गरी एम्बुलेन्सखर्च प्रदान गर्दै आएको छ । कोभिड– १९ विरुद्ध करिब चार लाख डोज खोप लगाइसकिएको महानगरपालिकाले जनाएको छ । किसानलाई दूधमा प्रतिलिट रु तीन रुपैया अनुदान दिइएको छ । महानगरभित्र एक वडा एक पशुसेवा प्राविधिकको व्यवस्था गरिएको छ । यसै अवधिमा ३५० वटा साना सिँचाइ र २१ वटा मझौला सिँचाइ आयोजना सम्पन्न गरी ४५५ बिघ क्षेत्रफललाई सिञ्चित गरिएको छ । रासस

बुधबार, पुष २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.