• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
सोमबार, भदौ २९, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • १०. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

देवघाटमा माघे सङ्क्रान्ति मेलाको तयारी तिव्र


पौष २१, काठमाडौं ।चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलाको तयारी तिव्र पारिएको छ । मेला व्यवस्थित गर्न तीनवटै जिल्लामा गरी ७५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।देवघाट मेला व्यवस्थापन मूल समितिको मङ्गलबार भरतपुरमा बसेको बैठकले मेलालाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नेबारे छलफल भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी अशमान तामाङले देवघाट मेलालाई व्यवस्थित गर्न नवलपुर र तनहुँसँग समन्वय गरी काम थालिएको बताए । “माघे सङ्क्रान्ति मेलाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्छौँ”, उनले भने, “स्नानको समयमा कुनै दुर्घटना नहोस् भनेर स्नानघाट नजिकै गोताखोर प्रहरीसमेत तयारी अवस्थामा राख्छौँ ।” प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले चितवनको देवघाटतर्फ प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ४८१ सुरक्षाकर्मी परिचालन गरिने बताए । त्यस्तै तनहुँतर्फ १५० प्रहरी परिचालन गरिने इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख सुशील लामिछानेले बताए ।  नवलपुरतर्फ ६० भन्दा बढी प्रहरी परिचालन गरिने छ । सशस्त्र प्रहरी बल १७ नम्बर गण आँपटारीका प्रहरी नायब उपरीक्षक सुशील शाहीले विपद् व्यवस्थापन गर्नसमेत सशस्त्र प्रहरी परिचालन गर्न लागिएको बताए । मेला अवधिभर लोडसेडिङ नहुने गरी तयारी गरिएको नेपाल विद्युत् प्राधिकरण भरतपुर शाखाले जनाएको छ । शाखाका सूचना अधिकारी  राजेन्द्रप्रसाद पौडेलले देवघाटमा बत्ती मर्मत र आकस्मिक कामका लागि पुस ३० गतेदेखि नै ६ जनाको प्राविधिक टोली परिचालन गरिने बताए । देवघाटमा क्षेत्रमा भरतपुर–१ को देवघाट र भरतपुर–२९ को दासढुङ्गाबाट विद्यत् आपूर्ति गरिएको छ । ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवानराज थापाले माघ १ गते देवघाटमा एकतर्फीमात्रै यातायात सञ्चालन गर्नेगरी रुट निर्धारण गरिएको बताए। “हामीले देवघाट जानका लागि रामनगर र ठिमुराबाट रुट निर्धारण गरेका छौँ”, उनले भने, “रामनगर र ठिमुराबाट देवघाट प्रवेश गरेका सवारीसाधन वागीश्वरी, आँपटारी हुँदै नारायणगढ फिर्ता हुनेछन् ।” शववाहन र एम्बुलेन्सबाहेकका सवारीलाई आँपटारीबाट देवघाट जान पूर्णरूपमा निषेध गरिने थापाले बताए । काठमाडौँ तथा पोखराबाट देवघाट स्नानका लागि आउने सवारीलाई दासढुङ्गाको पुल तरेर तनहुँतर्फ पठाइने थापाले बताए । सो क्रममा चितवन र तनहुँको देवघाटलाई जोड्ने झोलुङ्गे पुल जीर्ण भएकाले पुलमा लाइन लगाएर तीर्थयात्रीलाई वारपार गराइने छ । पुलमा एकपटकमा २०० जनालाई मात्रै छोडिने र उनीहरु वारपार भएपछि मात्रै अर्को समूहलाई तर्न दिइने छ ।त्रिशूली र कालीगण्डकी नदीको वेणी सङ्गममा स्नानका लागि जान चितवन र नवलपुरतर्फबाट ¥याफ्टिङ डुङ्गासमेत सञ्चालन हुनेछन् । सो क्षेत्रमा कम्तीमा ३० ¥याफ्टिङ डुङ्गा सञ्चालन गरिने ¥याफ्टिङ डुङ्गा संयोजक सिर्जन शर्माले बताए । नदी तरेर वेणीमा जानका लागि एकतर्फी भाडा रु ३५ तोकिएको छ ।

Advertisement

देवघाट क्षेत्र विकास समितका अध्यक्ष बद्रीप्रसाद अधिकारीले तीनवटै जिल्लासँग समन्वय गरेर देवघाट मेलाको तयारी भइरहेको बताए । मेलामा पाँच लाखभन्दा बढी दर्शनार्थी आउने अपेक्षा गरिएको छ । तीर्थयात्रीलाई आगो ताप्न धुनीको र पानीको व्यवस्थापन तथा सवारी पार्किङको व्यवस्थापन भइसकेको घिमिरेको भनाइ छ ।

Advertisement

बुधबार, पुष २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.