पौष २१, काठमाडौं ।ललितपुरको कुपण्डोलमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।गएराति सवा १ बजे बा ९५ प ५३३४ नम्बरको मोटरसाइल बिजुलीको पोलमा ठोक्किदा मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका ९ छम्पी घर भई मंगलबजार बस्ने ३१ वर्षका राजु तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै, दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक मंगलबजारका ३६ वर्षका दिपेश तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
Advertisement

