• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शुक्रबार, कार्तिक १३, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

लोकप्रिय समाचार

  • १. स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २. हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

लुम्बिनी प्रदेश : स्थायी राजधानीको गुरुयोजनाको प्रारम्भिक खाका तयार

पौष २१, काठमाडौं ।दाङ देउखुरीको राप्ती उपत्यकामा बन्ने लुम्बिनी प्रदेशको स्थायी राजधानीको गुरुयोजनाको प्रारम्भिक खाका तयार भएको छ । परामर्शदाताले प्रारम्भिक रुपमा तयार पारेको गुरुयोजनालाई सरोकारवालासँगको प्रारम्भिक परामर्श पछि थप परिमार्जन गरि ल्याउन भनिएको लुम्बिनी प्रदेशको पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।राजधानीको गुरुयोजनाले प्रारम्भिक रुपमा राप्ती गाउँपालिकाकाे तीन वटा वडा, गढवा गाउँपालिका र सितगँगाको दुई/दुई वटा वडा समेटेको छ । राजधानीको प्रशासनिक क्षेत्र बुद्धको प्रतिमा आकारमा रहने  प्राधिकरणको अवधारणा रहेको छ । त्यही अनुसारको खाका तयार पारेर सरोकारवालाको विस्तृत छलफलमा लैजाने पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।

Advertisement

लुम्बिनी प्रदेशको राजधानीको गुरुयोजना, राप्ती गाउँपालिकाको तिन वटा वडा, गढवा गाउँपालिकाको दुई वटा वडा र सितगँगा नगरपालिकाको दुई वटा वडालाई केन्द्रमा राखेर निर्माण भएको छ । राप्ती गाउँपालिकाको वडा नम्बर २ लाई मुख्य केन्द्र मानेर राजमार्गको ५ सय मिटर बाहिरको क्षेत्रलाई मुख्य प्रशासनिक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, मन्त्रालयहरु र भीआईपीको अवास रहने क्षेत्र गुरुयोजनामा प्रस्ताव गरिएको छ ।

Advertisement

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पूर्वपश्चिम राजमार्गको उत्तर तर्फ राप्ती गाउँपालिकाको वडा नम्बर २ मा रहने छ । यस्तै  त्यहाँबाट ६० मिटर चौडा सडक दक्षिण तर्फ राप्ती नदी सम्म पुग्नेछऽ जहाँ राप्ती नदीमा सिग्नेचर ब्रिज अर्थात् कलात्मक पुलले गढवा गाउँपालिकाको क्षेत्रलाई सिधै जोड्ने छ । बुद्धको आकारमा रहने प्रस्तावित यस क्षेत्रको बीच बीचमा दुई देखि पाँच बिगाहा क्षेत्रफलका अलग अलग प्लटहरु रहनेछन् । राप्ती नदीको दुवै तर्फ बलियो तटबन्धसँगै जोडिएको ६०/६० मिटर चौडा सडक प्रस्ताव गरिएको छ भने सडक सँगै जोडिएको एक सय मिटर चौडा ग्रीन बेल्ट पनि गुरुयोजनामा प्रस्ताव गरिएको छ ।

नदीको दुवै तर्फको ग्रीनबेल्टसँगै आधुनिक शहर निर्माण गर्ने गुरुयोजनाले परिकल्पना गरेको छ । गुरुयोजनाको अन्तिम रिर्पोट पुस मसान्त भित्र आइसक्ने र त्यसपछि सरोकारवालासँगको विस्तृत छलफलपछि परिमार्जित गुरुयोजना प्रदेश सरकारलाई हस्तान्तरण गरिने प्रादेशिक पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरे बताउनुभयाे ।

गुरुयोजनामा राप्ती गाउँपालिकाको सिसनिया क्षेत्रलाई पहिलो र पाखापानीदेखि मौरिघाट सम्मको क्षेत्रलाई दोस्राे व्यापारिक केन्द्र, सिसनिया देखि पहरुवा सम्म सांस्कृतिक क्षेत्र प्रस्ताव गरिएको छ । यस्तै गढवा गाउँपालिकाको क्षेत्रलाई आवासीय, कृषि र केही संस्थागत क्षेत्र पनि गराउन सकिने गुरुयोजनामा प्रस्ताव गरिएको छ । गढवाको कालाकाटे र सितगंगा नगरपालिकाको क्षेत्रलाई औद्योगिक क्षेत्र बनाउने प्रस्ताव गुरुयोजनामा गरिएको लुम्बिनी प्रदेशको पूर्वाधार विकास प्राधिकरणले जनाएको छ । राजधानी शहरको बाहिरी घेरामा रिङ रोड रहनेछ, जस्ले उत्तर र दक्षिण तर्फका पहाडलाई प्रशासनिक केन्द्रसँग जोड्ने छ ।

परामर्ष दातासँग विभिन्न विकल्पमा पटक पटक छलफल भैरहेको र अन्तिम प्रतिवेदनमा राजधानीको गुरुयोजना सहित त्यसभित्र रहने संस्थागत क्षेत्रको भिजनसहितको गुरुयोजना  पनि ल्याउन भनिएको पूर्वाधार विकास प्राधिकरणले जनाएको छ । प्रस्तावित गुरुयोजनालाई अन्तिम रुप दिइ प्रदेश सरकारलाई बुझाउनु अघि राप्ती उपत्यकामा उपलब्ध जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा अन्य सरोकारवालसँग विस्तृत छलफल गरिने पूर्वाधार विकास प्राधिकरणको योजना रहेको छ ।

बुधबार, पुष २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक
स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै
निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

लोकप्रिय

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २.

  • ३.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • ४.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ५.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ६.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ७.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ८.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.