• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
सोमबार, भदौ २९, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • १०. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

नवलपुरमा मतदाता नामावली सङ्कलनमा उत्साह


पौष १९,नवलपुर ।“बाबु मेरो यो फाराम भरिदेऊ न ?” ७३ वर्षीय बोधराज पाठकले नागरिकता र एउटा फाराम दिँदै आग्रह गर्नुभयो, “म बूढो मान्छे, अलि सञ्चो पनि छैन, फाराम भरेर फोचो खिचाएपछि घर गएर दबाइ खानुछ ।” गैँडाकोट–४ का स्थायी बासिन्दा उहाँ पहिलोपटक फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि घुम्ती टोली आएको ठाउँ नगरपालिका कार्यालयमा पुगेका थिए ।मुलुकमा गणतन्त्र आएपछि उनले मतदान गरेका थिए । “पहिला पहिला त भोट हालेँ तर ६४ सालपछि भोट हालेको छैन” उनले भने, “बिरामी भएर फोटो खिचाउन पाइँन, परिचयपत्र नबनेपछि भोट हाल्न नपाइने रैछ, त्यसैले मतदान अधिकारीबाट वञ्चित भएँ ।” आगामी निर्वाचनमा मतदान गरेर राम्रो उम्मेदवारलाई मतदान गर्ने जनाउँदै उहाँ मतदाता नामावलीमा नाम दर्ता गराउन आएको बताए । यसअघिका निर्वाचनमा आफ्ना छोरा, नातिले मताधिकार प्रयोग गरेको भए पनि आफूले भोट हाल्न नपाउँदा खल्लो लागेको भन्दै अबको निर्वाचनमा असल उम्मेदवार छान्ने गरी मताधिकार प्रयोग गर्ने उनी बताउँछन् ।

Advertisement

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने अभियानअनुसार हाल जिल्लाका तीन स्थानीय तहमा घुम्ती टोली खटिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये बौदिकाली, हुप्सेकोट, बुलिङटार र विनयी त्रिवेणी गाउँपालिकामा नामावली सङ्कलनको काम सकिएको छ भने अहिले मध्यबिन्दु, देवचुली र गैँडाकोट नगरपालिकामा परिचयपत्रको फारम भर्ने अभियान जारी छ । त्यस्तै, जिल्ला प्रशासन कार्यालय कावासोती र जिल्ला निर्वाचन कार्यालय कावासोतीमा पनि नियमित रुपमा मतदाता नामावली सङ्कलनको काम भइरहेको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले जानकारी दिए ।

Advertisement

जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयसँगै स्थानीय तहमा सञ्चालन भएको घुम्ती टोलीबाट मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि १६ वर्षीय युवादेखि ९९ वर्षीय ज्येष्ठ नगारिकसम्म पुगेका देखिन्छन् । मतदाता नामावलीमा नाम दर्ता गराउन आएएका गैँडाकोट–१८ बसेनीका ५० वर्षीय हेमलाल आले मगरले यसअघि कहिल्यै पनि मतदान नगरेको बताए । “भोट हाल्ने बेलामा म सधैँ विदेशमा नै हुन्थेँ, अहिलेसम्म भोट हाल्न पाएको छैन”, मगरले भने, “मेरो छोराछोरी सबैले भोट हालेका छन्, तर मेरो नाम भोटर लिस्टमा नभएपछि अहिले नाम दर्ता गराउन आएको हो ।”

विसं २०७४ मा सम्पन्न भएको आम निर्वाचनपछि मात्रै मगर स्वदेश फिर्ता हुनुभएको हो । “घर आएको पनि चार वर्ष भइसक्यो तर भोट हाल्ने लिस्टमा नाम लेखाएको थिएन”, मगरले भने, “अहिले नगरपालिकामा टोली आएको छ, गएर नाम भर्नु भनेर वडाध्यक्षले भनेपछि यहाँ आएर नाम टिपाउँदैछु ।” नगरपालिकामा टोली आएपछि मात्रै गाउँबाट धेरै मानिसहरु नामावलीमा नाम दर्ता गराउन गैँडाकोट झरेका उनले बताए ।

गैँडाकोटको वडा नम्बर ३ र १८ जिल्लाकै दुर्गम वडामा पर्दछ । वडा नम्बर १८ बाट नगरपालिका आएर फर्किदा एक दिनको समय पूरै खर्चिनुपर्ने हुन्छ । “भोट हाल्नका लागि फोटो खिचाउन जानू भनेर यसअघि कसैले पनि भनेनन्, त्यसमाथि कावासोती जान टाढा पर्छ”, उनले भने, “अहिले आफ्नै नगरपालिकामा टोली आएको छ भनेर हामी गाउँबाट धेरै जना यहाँ आएका छौँ, तर काम सकाउँदा सिङ्गै दिन बित्यो ।”

मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीडमा गैँडाकोट–१४ की १७ सरिता शर्मा पनि हातमा नागरिकता र फाराम लिएर उभिएकी थिइन् । “नागरिकता बनाउने बेलामा जिल्लामा धेरै भीड थियो, त्यहाँ मतदाता नामावलीमा नाम दर्ता नगरी फर्किएँ”, उनले भनिन्, “अहिले आफ्नै नगरपालिकामा फाराम भर्न पाउँदा खुसी छु ।” अब हुने निर्वाचनमा भोट हाल्न पाउने नपाउने अन्यौल भए पनि आफू बालिग भएपछि मताधिकार प्रयोग गर्न पाइने भएका नामावलीमा नाम दर्ता गराउन आएको उनको भनाइ छ ।

“७४ सालको निर्वाचनको याद अलिअलि आउँछ सबै जना भोट हाल्ने भन्दै लाइनमा बस्नुहुन्थ्यो”, उनले भने, “यस पटक त मैले पनि भोट हाल्न पाउँछु भन्ने आशा जागेको छ, हेरौँ उमेर पुग्यो भने पाउँला होइन भने अर्को पटक त पक्कै भोट हाल्न पाउँछु ।” युवाहरुले हाम्रोलाई भन्दा पनि राम्रो उम्मेदवारलाई भोट हालेर नयाँ नेपाल निर्माणमा सहभागी हुन पनि मताधिकार प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

नामावलीमा १६ वर्ष पुगेर नागरिकता बनाएका नेपाली नागरिकको नाम दर्ता गरिने भए पनि १८ वर्ष पुगेपछि मात्रै मतदाता नामावलीमा नाम प्रविष्ट भएर उनीहरुले भोट हाल्ने अधिकार पाउने जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले जानकारी दिए । अभियान चल्दा मात्रै हुलका हुल नागरिक फाराम भर्न आउने गरेको अनुभव सुनाउँदै उनले अन्य समयमा पनि नामावलीमा नाम दर्ता गराउनका लागि नागरिकलाई स्थानीय राजनीतिकर्मीले सचेत गराउनुपर्ने बताए ।

मतदाता नामावलीमा पहिलोपटक नाम दर्ता गराउनका लागि नागरिकले सक्कल नागरिकता, नागरिकताको फोटोकपी, विवाह गरेर आएको हकमा विवाह दर्ताको प्रमाणपत्र, बसाइँसराइ गरेर आएको हकमा बसाइँसराइको प्रमाणपत्र पेस गर्नुपर्ने निर्वाचन अधिकारी भुसालले जानकारी दिए । पहिलोपटक नामावलीमा नाम दर्ता गराउनबाहेक मतदाता नामावलीमा नाम सच्याउन, मतदान गर्ने स्थान परिवर्तन गर्नलगायतको लागि भने नागरिकले आवश्यक कागजपत्र लिएर जिल्ला निर्वाचन कार्यालयमा नै जानुपर्ने उनले बताए । रासस

सोमबार, पुष १९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.