पौष १९, चितवन ।चितवनमा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक सय ५६ पिसिआर तथा ४८ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।यससँगै जिल्लाभर कुल संक्रमितको संख्या २७ हजार दुई सय ३८ पुगेको छ । उनीहरु मध्ये २६ हजार सात सय १८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै तीन जना निको भएका छन् ।संक्रमित मध्ये ८५ जनामा कोरोना सक्रिय छ । जसमध्ये ८० जना होम आइसोलेसनमा छन् भने पाँच जना अस्पतालमा छन् । कोरोनाबाट अहिलेसम्म चार सय ३५ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।
Advertisement

