पौष १६, काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।गएराति भएको खेलमा बर्नलीलाई ३–१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेड अङ्क तालिकाको शीर्ष ६ मा पुगेको छ ।म्यानचेस्टर युनाइटेडले पहिलो हाफ अघि नै तीन गोल गर्यो । खेलको आठौँ मिनेटमा एमसी टोमिनीले गोल गर्दै अग्रता दिलाए ।
यस्तै २७औँ मिनेटमा देरमोट मी र खेलको ३५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरे ।
Advertisement
बर्नलीका लागि आरोन लेननले खेलको ३८ औँ मिनेटमा गोल गरे ।
जितसँगै म्यानचेस्टर युनाइटेड ३१ अङ्कसहित छैटाैँ स्थानमा छ भने ११ अङ्क रहेको बर्नली अङ्क तालिकामा १८ औँ स्थानमा छ ।

