पौष १४, चितवन ।गुरुङ समुदायको तमु ल्होछारको अवसरमा गण्डकी प्रदेश सरकारले पुस १५ गते (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।बिहीबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिने कुरा आज सूचना जारी गरेर मुख्यमन्त्रीको कार्यालयले जानकारी गराएको हो ।प्रदेश सरकारले गत २०७७ चैत १७ गते नै तमु ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।गण्डकी प्रदेश सरकारले तमु ल्होसारजस्तै माघे संक्रान्ति, इदलगायत स्थानीय बिदा दिँदै आएको छ ।
Advertisement

