मङ्सिर १३, चितवन । चितवनका अस्पतालमा आज चार जना कोरोना संक्रमित रहेका छन् । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार आज जिल्लाभर रहेका ८३ जना सक्रय संक्रमितमध्ये ४ जना अस्पतालमा उपचाररत छन् ।त्यस्तै आज होम आइसोलेसनमा ७९ जना रहेका छन् । भने आज ११ जनाले कोरोना जितेका छन् । यस सँगै जिल्लाभर कोरोना जित्नेको संख्या २६ हजार ६८५ पुगेको छ ।
यता, आज जिल्लाभर ६ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १३७ जनाको पिसिआर परिक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको हो । यस सँगै जिल्लाभर सक्रिय संक्रमितको संख्या २७ हजार २०३ जना पुगेका छन् ।
Advertisement

