मङ्सिर १२, चितवन । बाग्मती प्रदेशका नवनियुक्त उधोग बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ र नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अन्जनी श्रेष्ठलाई चितवनमा स्वागत गरिएको छ । नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका वडा नम्बर सातले उनीहरुलाई स्वागत गरेको हो । सोही वडाबासी श्रेष्ठद्वयलाई काङ्रेसी कार्यकर्ताले बाजागाजा सहित स्वागत गरेका थिए । भरतपुरको हाकिमचोकबाट भरतपुरको क्यान्सर अस्पतालसम्म बाजा सहित र्याली पुगेको थियो । दुई नेताले क्यान्सर अस्पतालमा रहेको बिपि कोइरालाको सालिकमा माल्यार्पण गरेका थिए । स्वागतका लागि पुगेका नेता कार्यकर्ताले बधाई दिएका थिए। उच्च तहमा पुगेको खुसियालीमा सम्मान सहित स्वागत गरियो सभापति बिनोद ढकालले बताए ।
Advertisement

