मङ्सिर ११, काठमाडौं ।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको पाँच दलीय गठबन्धन कसैको विरुद्धमा उभिनका लागि नबनेको बताउनुभएको छ ।आज आइतवार माओवादी केन्द्रको महाधिवेशन उद्घाटन कार्यक्रममा सभापति देउवाले भन्नुभयो, ‘गठबन्धन कसैको विरोधमा होइन तर अहिलेको संविधानले संसद् पूरा अवधि चलोस् भन्ने व्यवस्था गरेकाले संविधानको रक्षाका लागि गठबन्धन बनेको हो । संविधान र संसद् बचाउनका लागि बनेको हो’, देउवाले भन्नुभयो ।
गठबन्धन पूरा समय चल्नेमा कसैले पनि शङ्का गर्न नहुने उहाँले बताउनुभयाे । गठबन्धनलाई अझै अघिसम्म लैजान चाहेको देउवाको भनाइ छ ।
Advertisement

