मङ्सिर ११, चितवन।बिसहजार जेसिजको अध्यक्षमा वेदराज न्यौपाने चयन भएका छन् ।शनिबार भरतपुरमा सम्पन्न २० औं शाखा अधिवेशनबाट न्यौपाने वर्ष २०२२ का लागि सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।अधिवेशनले कार्यकारिणी उपाध्यक्षहरुमा किरण सुवेदी, विज्ञान पौडेल, उपाध्यक्षमा सुशील ढकाल, ओमकार सापकोटा, नविन बगाले, जमुना पौडेल चयन भएका छन् ।यस्तै निर्देशकहरुमा महेन्द्र वास्तोला, राजेश पौडेल, सुवास शर्मा र पुरुषोत्तम शर्मा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत सन्तोष मजाकोटीले जानकारी दिए ।
Advertisement

