पुस १०, चितवन ।चितवनमा आज पाँच जना कोरोनामुक्त भएका छन् । यस सँगै हालसम्म जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २६ हजार ६५६ पुगेको छ ।चितवनमा आज पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्ट अनुसार चितवनमा पछिल्लो २४ घण्टामा पीसीआर परिक्षणबाट पाँच जनामा कोरोना पुष्टि भएको छ । यस सँगै जिल्लाभर कुल संक्रमितको संख्या २७ हजार १८९ पुगेको छ ।
त्यस्तै आज जिल्लाभर सक्रिय संक्रमित ९८ जना रहेका छन् । उनीहरुमध्ये ९४ जना होम आइसोलेसनमा छन् भने ४ जना अस्पतालमा रहेका छन् ।
Advertisement

