पुस १०, चितवन ।मुग्लिन नारायणगढ सडक खण्डको भतेरी जंगलमा सवारी दुर्घटना हुँदा एघार जना घाइते भएका छन्।शनिबार दिउँसो पौने तीन बजे बिरगन्जबाट काठमाण्डौ तर्फ गई रहेको बा३ख ९६७९ नम्बरको बस र बिपरित दिशाबाट आई रहेको ना६ख ५८६६ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा दुबै सावारी साधनमा सवार चालक सहित ११ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार बसमा सवार १० जना घाइतेकाे उपचारका लागि पुरानाे मेडिकल कलेजमा पठाईएको छ। भने गम्भीर अवस्थामा रहेका ट्रक चालककाे सरकारी अस्पतालमा उपचार भइरहेकाे छ।
उक्त स्थानमा खटिएकाे प्रहरी टोलीले क्रेनकाे मद्दतले दुबै सवारी साधनलाई सडकबाट हटाई बाटो सुचारु गरिएकाे प्रहरीले जनाएको छ ।

