भरतपुर, पुस ६।
भरतपुर महानगरपालिका वडा नं ७ द्वारा आयोजित तेस्रो अन्तर टाेल स्तरीय मैत्रीपुर्ण फुटबल प्रतियोगिता २०७८ मा शितल टाेल सेमिफाइनलमा प्रवेश गरेको छ।
आज भएको खेलमा दिपजोति टाेललाई ३-० गोलले पछि पार्दै शितल टाेल सेमिफाइनलमा प्रवेश गरेको हो।खेलमा शितल टाेलका कप्तान जर्सि नं १६ का भुमिराज घिमिरेले २ गोल र जर्सि नं १० का अर्का खेलाडी लिला बहादुर गुरुङले १ गोल गर्न सफल भएका छ्न।
साथै आजै सेमिफाइनल प्रवेशका लागि ३:३० बजे तामाङ टोल र बुद्ध टाेल बिच खेल हुदै छ। आजको खेलमा बिजय हुने टाेल भोलि हुने सेमिफाइनल खेलमा ३:३० बजे शितल टाेल संग भिड्ने छ। अन्तर टाेल स्तरीय मैत्रीपुर्ण फुटबल प्रतियोगिता भरतपुर ७ कृष्णपुर खेल मैदानमा भै रहेको छ।
Advertisement
खेलको फाइनल यहीँ पुस महिनाको १० गते हुने छ।

