पौष ०१, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदको मतपरिणाममा शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदारले असहमति जनाएका छन् ।
शेखर कोइराला पक्षका धनराज गुरुङसँग दुई मतान्तरले पराजित भएको जानकारी पाएपछि उनले आफू मतगणना स्थलमा नै आउने भनी आफ्ना प्रतिनिधिलाई जानकारी गराएका छन् ।निर्वाचन समिति स्रोतका अनुसार गच्छदार मतगणनास्थल पार्टी कार्यालयमा आउँदै गरेकाले मत परिणामको आधिकारिक घोषणा गरिएको छैन । यसअघि मतगणना सकिएपछि निर्वाचन समितिले उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएको भनी अनौपचारिक रुपमा जानकारी गराएको थियो ।
Advertisement
उम्मेदवारले पाएको मत भने सार्वजनिक गरिएको छैन ।

