मङ्सिर २९, काठमाडौं । नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स प्रालिले कथावाचक (स्टाेरी टेलर) साईग्रेस पोखरेललाई आफ्नो कम्पनीसँग अनुबन्धित गरेको छ । मंगलबार काठमाण्डौमा एक कार्यक्रमका बीच उनलाई अनुबन्धित गरेको हो ।
विगत २७ वर्ष देखि गुणस्तरीय रंग उत्पादन गर्दै आएको जस्मिन पेन्ट्स प्रालिले अन्तर्राष्ट्रिय विड क्वालिटी एचिभमेन्ट गोल्ड अवार्ड २०१८ लण्डन, नेपाल बेस्ट ब्रान्ड लिडरसिप अवार्ड २०१८ लगायत थुप्रै अवार्ड जितेकाे छ । आफ्नो उत्पादनहरुको प्रचारका लागि साईग्रेससँग सम्झौता गरेको कम्पनीले जनाएकाे छ ।
स्वदेशी वस्तुहरु उत्पादन गरि स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ स्थापना भएको याे कम्पनी मनकामना ग्रुप अफ कम्पनी अन्तर्गत सञ्चालित रहेको छ । जस्मिन पेन्ट्ससँग साइग्रेस अनुबन्धित भएपछि कम्पनीको स्तर अझ माथि पुग्नेमा आफू विश्वस्त रहेको कम्पनीका निर्देशक मधुसुदन अर्यालले बताउनुभयाे ।
यस्तै नेपाली पेन्ट्सहरुमै अग्रणी स्थानमा रहन सफल रंग कम्पनीसँग आफू अनुबन्धित हुन पाउँदा निकै खुसी भएको कथाकार साईग्रेसले बताए । यस कम्पनीको ब्राण्ड एम्बेसडरको रुपमा भने मह जोडी रहेका छन ।

